back
CTIZAN AD

१८ वर्ष कतारमा बसेर फर्किएका चौधरी पशुपालनबाट मनग्ये आम्दानी गर्दै

वि.सं.२०७९ साउन २७ शुक्रवार

1.3K 

shares

कञ्चनपुर । भीमदत्त नगरपालिका– १४ स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आएका छन् ।

कतारमा झण्डै डेढ दशक बिताएर फर्किएका उनले घरमै रु १३ लाख लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गरेका हुन् ।

चौधरीको फार्ममा चिनिया, निसान, डिउरो, हेमसार, योगसार र धराने कालोबङ्गुर जातका १० वटा बङ्गुर, चार हजार ब्रोइलर कुखुरा, एक सय स्थानीय जातका कुखुरा र २५ वटा बाख्रा छन् । गत वैशाखमा मात्रै उनले ३५ वटा बङ्गुरका पाठा बिक्री गरी रु एक लाख पाँच हजार आम्दानी गरेका छन् । अझै फार्ममा २२ बङ्गुरका पाठा बेच्नका लागि तयारी अवस्थामा छन् । गत महिना मात्रै चौधरीले रु तीन हजारको कुखुरा बिक्री गरे । फार्ममा पालिएका ब्रोइलर कुखुरा चार पटक बिक्री गरिसकेका उनलाई सुरुको दुई पटक खासै नाफा नभए पनि पछिल्ला दुई पटक भने सोचेभन्दा राम्रै नाफा भएकोे छ । वर्षमा चौधरीले फार्मबाट रु पाँच लाख आम्दानी गर्दै आएको र यसबाट परिवारको खर्च सहज रुपमा चलेको छ ।

“फार्ममा रहेका बङ्गुर, बाख्रा, ब्रोइलर कुखुरा र स्थानीय जातका कुखुरा बेच्नका लागि बजारको निकै अभाव छ” उनले भने, “ग्राहक खोज्दै बजार चहार्दै हिँडनु परेको छ । निकै प्रतिस्पर्धा हँुदा सस्तोमै फार्ममा पालिएका पशुपक्षी बेच्नुपर्ने बाध्यता छ ।” फार्ममा रहेका पशुपक्षी बिक्रीका लागि बजार सहज भए व्यवसायलाई विस्तार गर्न सकिने चौधरीले बताए ।

फार्ममा बढी लगानी गरे डुब्ने डर छ । बजारको अवस्था हेरेर पशुपक्षी पालिएको उनले उल्लेख गरे । विसं २०७७ मा वैदेशिक रोजगारीबाट घर फर्केपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने मनसाय लिएर फार्म सञ्चालन गरेको चौधरीको भनाइ थियो ।“विदेशी भूमिमा पसिना चुहाएर १८ घण्टाभन्दा बढी चर्को घाममा काम गर्नुपर्दथ्यो” उनले भने, “त्यही दुःख सम्झदै स्वदेशमै काम गर्ने निधो गरी फर्केको हँु ।” फार्म सञ्चालन गरेपछि परिवारको खर्च चलेको र फार्ममा विहानीको झिसमिसेसँगै झमक्क साँझ नपरुञ्जेलसम्म काम गर्ने गरेको चौधरीले बताए ।

फार्ममा उनीसंगै उनकी श्रीमती र घरका अन्य सदस्यलेसमेत साथ दिँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिएपछि दुई बजार नपाउँदा फार्ममा पालिएका पशुपक्षी घाटा खाएर बेच्नु परेको दुःखेसो चौधरीको थियो । “कोरोनाका कारण व्यवसाय नै थला प¥यो” उनले भने, “लगानी आधा डुब्यो । कोरोनाको सङ्क्रमण घटेसँगै हाल व्यवसायले गति लिन थालेको छ ।” अझै व्यवसायलाई विस्तार गर्ने चौधरीको सोच छ ।

त्यसका लागि लगानी जुटाउन विभिन्न बैंकमा पुगेपनि ऋण भने पाउन कठिन भएको छ ।“बैंकले आर्थिक मन्दिका कारण ऋण दिन बन्द गरेका छन” उनले भने,“ऋण पाइए व्यवसायलाई विस्तार गरी नगरपालिकामै नमूना पशुपक्षी फार्म सञ्चालन गर्ने योजना छ ।” सरकारी अनुदानसमेत चौधरीले हालसम्म पाउन सकेका छैनन् । file photo

 

वि.सं.२०७९ साउन २७ शुक्रवार १४:३४ मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...