back
CTIZAN AD

विर्तामोडमा एक महिनादेखि फोहोर उठ्न सकेन

वि.सं.२०७९ साउन २७ शुक्रवार

774 

shares

झापा । विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा आसपासका बजारमा फोहरको डुङ्गुर थुप्रिएको छ । सार्वजनिक स्थलमा हिँड्डुल गर्दा सर्वसाधारणले नाक थुन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

फोहर विसर्जन गर्न डम्पिङ साइटको व्यवस्था गर्न नसक्दा नगरको फोहरमैला उठाउन नसकिएको नगरपालिकाले जनाएको छ । फोहरमैला जताततै थुप्रिएर नगरमा दुर्गन्ध र सङ्क्रामक रोग फैलिने सम्भावना बढेको भन्दै उपभोक्ता जागरण अभियान झापाले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

“एक महिनादेखि नगरपालिकाले सहरबाट फोहर उठाएको छैन”, नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको उपभोक्ता जागरण अभियान झापाका सचिव विशाल थापाले भने, “अति भएपछि हामीले नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेरै अविलम्ब फोहरमैला उठाउने व्यवस्था मिलाउन माग गरेका हौँ ।”

नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले फोहरमैला व्यवस्थापनका लागि सञ्चालन गरिएका डम्पिङ साइटमा स्थानीयवासीको अवरोध जारी रहेकाले फोहर उठाउन नसकिएको बताए । कुहिने र नकुहिने गरी दैनिक छ ट्रयाक्टर फोहर विर्तामोडको बजार, सडक र भित्री गल्लीमा जम्मा हुने गरेको उपप्रमुख सङ्ग्रौलाको भनाइ छ ।

उनले एक महिनामा फोहर व्यवस्थापनका लागि चार वटा स्थान तयार गरिएता पनि नागरिक अवरोधकै कारण फोहर विर्सजन गर्न नसकिएको बताए । उनले फोहरमैला विसर्जनलाई विर्तामोड नगरपालिका–७ र ८, कनकाई नगरपालिका–१ र बाह्रदशी गाउँपालिका–७ का बासिन्दाको निजी जमिन लिजमा लिएर फोहरमैला विसर्जन गर्ने तयारी गरेको जानकारी दिए । तर ती सबै स्थानमा स्थानीयले अवरोध पु¥याएका छन् ।

“दुर्गन्धले महामारी फैलिन्छ कि भनेर हामी पनि चिन्तित छौँ, दिनरात नभनी डम्पिङ साइटको खोजी गरिरहेका छौँ”, उनले भने, “फोहर बिसर्जन गर्ने ठाउँ खोजेको थाहा पाउने वित्तिकै बाहिरदेखिका मानिस भेला भएर फोहर राख्नै दिँदैनन् ।”

फोहरमैला व्यवस्थापनको कार्य विर्तामोड नगरपालिका एक्लैले गर्न नसक्ने अवस्था आइसकेको छ । विगत पाँच वर्षभरि फोहरमैला विसर्जनका लागि स्थायी प्रकृतिको डम्पिङ साइट सञ्चालनमा स्थानीयले अवरोध पु¥याएपछि बाध्य भएर नगरका तत्कालीन प्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै जग्गामा खाल्डो खनेर फोहर पुरेका थिए ।

नगरकी प्रमुख पवित्रा महतराले छिमेकी पालिका मेचीनगर, अर्जुनधारा, बाह्रदशी र कनकाईसँग मिलेर साझा डम्पिङ साइट खोज्न आवश्यक रहेको बताइन् । उनले फोहरमैला व्यवस्थापनका लागि छिमेकी पालिकाका जनताले पनि साथ दिनुपर्ने धारणा व्यक्त गरिन्् ।

वि.सं.२०७९ साउन २७ शुक्रवार २१:१३ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...