back
CTIZAN AD

फेरिने भयो मतपत्र, उम्मेदवार नउठेको दलको चुनाव चिन्ह मतपत्रमा नहुने

वि.सं.२०७९ साउन २९ आइतवार

915 

shares

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार नउठेको दलको चुनाव चिन्ह मतपत्रमा नराखिएने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवार उठेको दलको मात्रै चुनाव चिन्ह हुने जानकारी दिएका छन् ।

“जो मान्छे उम्मेदवार हुन्छ, मतपत्रमा उसकै चिन्ह राख्ने अन्तराष्ट्रिय मान्यता हो, स्थानीय चुनावमा यी कुराहरु पालना हुन सकेन, आगामी चुनावमा त्यो व्यवस्था आयोगले गर्छ”, प्रमुख आयुक्त थपलियाले भनेका छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार नउठेको स्थानीय तहमा पनि दलको चुनाव चिन्ह हुँदा मतपत्र निकै लामो भएको थियो । साथै धेरै मत बदर पनि भएको थियो । आयोगले स्थानीय तहमा भएको मत बदरको अवस्थालाई पनि सच्याउन नयाँ व्यवस्था प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गर्न लागेको हो ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा जस्तो मत पत्र यसअघि कहिल्यै पनि नभएको आयुक्त थपलियाले भनेका छन् । उनले त्यसलाई आयोगको कमजोरीका रुपमा पनि स्वीकार गरेका छन् ।

“नेपालको अहिलेसम्मको कुनै पनि निर्वाचनमा उम्मेदवार नभएका मान्छेको चिह्न छैन, पञ्चायतकालमा पनि थिएन”, थपलियाले भनेका छन्, “अहिलेसम्मको अभ्यासै यही हो, व्यवस्थै यही हो, स्थानीय चुनावमा हामीले सकेनौं, त्यो बेग्लै विषय हो।”

थपलियाका अनुसार ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग–अलग मतपत्र हुनेछ । दुवै तहको प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारको मात्र निर्वाचन चिह्न राखिने छ।

वि.सं.२०७९ साउन २९ आइतवार १५:१० मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता...