back
CTIZAN AD

प्रतिनिधिसभामा बीमासम्बन्धी विधेयक पारित

वि.सं.२०७९ साउन २९ आइतवार

1K 

shares

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफाबार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत थिए । विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएका छन् ।

उनले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोध र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावलोकन गरेर नयाँ विधेयक ल्याइएको जानकारी दिँदै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमासम्बन्धी अलग्गै ऐन कार्यान्वयनमा रहेकाले उक्त ऐनबमोजिम नै कार्य हुने स्पष्ट पारे ।

विधेयकमाथिको छलफलमा सांसदहरु भरत साह, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, राजन केसीलगायतले भाग लिएका थिए ।

वि.सं.२०७९ साउन २९ आइतवार १४:३२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...