back
CTIZAN AD

बेलायत र युएई पठाइदिन्छु भनेर २२ लाख बढी ठगी गर्ने दुई जना पक्राउ

वि.सं.२०७९ साउन २९ आइतवार

834 

shares

काठमाडौं । बेलायत र युएई पठाइदिन्छु भनेर २२ लाख बढी ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने ईलाम, ईलाम नगरपालिका–१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ५ जनालाई सिजनल भिषामा बेलायत जानको लागि प्रति व्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनले बेलायतमा मासिक नगद ४ लाख रुपैयाँसम्म तलव हुन्छ भनी प्रलोभनमा पारेर उनीहरूबाट प्रतिव्यक्ति ३ लाख गरी जम्मा १५ लाख लिएर सम्पर्क बिहीन भएको अवस्थामा प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो ।

त्यसैगरी दुबई पठाईदिन्छु भनेर ठगी गरेको आरोपमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर घर भई टोखामा बस्ने २७ वर्षीय अविनाश कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि ७ लाख ५० हजार रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिन्छु भनेर ठगी गरेको आरोपमा कार्की पक्राउ परेका हुन् ।
उनले मासिक १ लाख रूपैयाँसम्म तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडित व्यक्तिबाट ७ लाख ५० हजार रुपैयाँ लिएर भागेका थिए । प्रहरीले उनलाई काठमाडौंको गोङ्गबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ साउन २९ आइतवार १७:२५ मा प्रकाशित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना...

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...