back
CTIZAN AD

अर्कै स्कुलको विद्यार्थीलाई आफ्नो क्याम्पसको भनेर बधाई दिएपछि…

वि.सं.२०७९ साउन ३० सोमवार

825 

shares

कोपिला वर्देवा, काठमाडौं ।  नवलपरासीको देवचुली नगरपालिका १५ मा रहेको श्री जनज्योती माध्यमीक विद्यालयले आफ्नो स्कुलकी विद्यार्थीलाई अकै स्कुलले आफ्नो विद्यार्थी भनेर प्रचार गरेपछि ध्यानाकर्षण भएको जनाएको छ ।

जनज्योती माविमा कक्षा १० मा सलग्न भै उर्तीण भएकी पूजा पराजुली हेटौडा जेसिसद्धारा आयोजित ‘सांस्कृति सम्पदाको संरक्षण नयाँ पुस्ताको योगदान’ विषयक वकृत्वकला प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको भन्दै मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरले आफ्नो स्कुलको तर्फबाट बधाई दिएपछि जनज्योती माविले आपत्ति जनाएको हो ।

‘हेटौडा जेसिसद्धारा आयोजित ‘सांस्कृति सम्पदाको संरक्षण नयाँ पुस्ताको योगदान’ विषयक वकृत्वकला प्रतियोगितामा यस क्याम्पसका कक्षा ११ मा अध्ययनरत विद्यार्थी पूजा पराजुली छनौट हुन सफल भएकोमा हार्दिक बधाई तथा अन्तिम प्रतियोगितामा सफलताको शुभकामना व्यक्त गर्दछौं ।’ मध्यविन्धु क्याम्पसद्धारा पूजाको फोटोसहित दिइएको बधाईमा भनिएको छ ।
उता जनज्योतीले भने यसकार्यप्रति आपत्ति जनाउँदै मध्यविन्दु बहुमुखी क्याम्पसले आफ्नो विद्यार्थी भनि प्रचारातमक शैलीमा सामाजिक संजालमा दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘निज विद्यार्थीलाई विद्यालयले ग्रेड सिट र चारित्रिक तथा स्थान्तरण प्रमाणपत्र नदिइकन कसरी अन्यत्र संस्थाको विद्यार्थी हुन सक्छ, सोको पुष्टि कुनै कागजात भए ल्याउन समेत सम्बन्धीत क्याम्पसलाई अनुरोध गर्दै यस्तो प्रकारको शैलीप्रति विद्यालय परिवार खेद प्रकट गर्दछ । साथै सम्बन्धीत निकायहरुको पनि ध्यानाकर्षण निम्ति भनी यो प्रेस विज्ञप्ति निकालिएको छ ।’

हामीले प्रक्रिया मिचेका छैनौं–क्याम्पस प्रमुख
त्यसैगरी मध्यविन्दु बहुमुखी क्याम्पसका प्रमुख गणेश मान गिरीले आफुहरुले प्रक्रिया पुर्याएरै काम गरेको बताएका छन् । उनीहरुले जनज्योतीकी निर्वतमान विद्यार्थी पराजुली आफ्नो क्याम्पसमा ११ कक्षामा भर्ना भइसकेको बताए ।

‘एसईई परीक्षाको रिजल्ट आइसकेपछि विद्यार्थीहरुको भर्ना प्रक्रिया सुरु भइसकेको छ । हामीले पनि सोहि अनुसार भर्ना लिएका हौं । उनको अभिभावकले स्कुलबाट प्राप्त भएपछि डकुमेन्ट ल्याउनेछौं भन्ने कमिटमेन्टमा हामीले भर्ना लिएका हौं ।’ क्याम्पस प्रमुख गिरीले संसारन्युजसँग भने ।

गिरीले यतिबेला देशैभरीका सबै कलेजहरुले ग्रेडसिट र परिवारको जिम्मेवारीको आधारमा भर्ना गर्ने प्रक्रिया भएकोले आफुहरुले पनि त्यहि प्रक्रियामा भर्ना गरेको बताए । ‘हामीले प्रक्रियाबाट बाहिर गएर कुनैपनि काम गरेका छैनौ हाम्रो पनि उक्त स्कुलप्रति आपत्ति छ ।’ गिरीले भने ।

May be an image of 5 people and text

May be an image of text

वि.सं.२०७९ साउन ३० सोमवार ११:५६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...