back
CTIZAN AD

आइएमई लाइफ इन्स्योरेन्सले मनायो पाँचौं वार्षिकोत्सव

वि.सं.२०७९ भदौ २ बिहीवार

825 

shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको पाँचौ वर्ष सफलता पुर्वक पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ ।
२०७४ साल भदौ १ गतेको दिनबाट कारोबार शुरु गरेको कम्पनीले सोही दिन वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले बुधबार केन्द्रीय कार्यालय र मुलुकभरका आफ्ना शाखा तथा उप शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ बार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सवको कम्पनीले अवसरमा नियामक निकाय, कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा बीमितहरुलाई अझै बढी लाभ प्रदान गरी सरल र सहज बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा उल्लेखनीय भुमिका खेल्दै आइरहेको बताउँदै बीमितको हित प्रति कम्पनी सदैव तत्पर रहेको बताए ।

पछिल्लो १० दिनमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्व बहन गरी वृहत रुपमा अपत्यारीलो नतिजा प्राप्त गर्न सफल भएको समेत उनले दावी गरे ।

कम्पनीले एकै दिनमा ५७१ जनाबाट वृहत रक्तदान, ७४८ जनालाई बीमा अभिकर्ता तालिम र सातवटै प्रदेशमा १३०२ जनालाई लाभान्वित हुने गरी स्वास्थ्य शिविर र ५८४८ विद्यार्थीमा बीमा साक्षरता जागरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको कम्पनीले जनाएको छ ।
सोहि कार्यक्रममा कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले बीमा व्यवसायलाई व्यवस्थित गर्दै विस्तार गरी राष्ट्रको निम्ति एक घर, एक बीमा कार्यक्रमलाई आत्मसात गर्नु पर्ने आवश्यकतामा जोड दिए ।

यसका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत निरन्तरता दिने बताए । कम्पनीले हाल देशैभरी १४० भन्दा बढि शाखाहरुबाट बीमा सेवा प्रदान गरीरहेको जनाएको छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार ०८:४५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...