काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले तिजसँग सम्बन्धीत खर्चिलो र महँगो कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
तीज मनाउने नाममा विगतमा विभिन्न तडक–भडकसहित अत्यन्त खर्चिला कार्यक्रमहरु हुँदै आएको र केही वर्षयता त्यो कम हुँदै गएपनि प्रशासनले यसप्रति सजग गराउँदै आफ्नो परम्परा, रिती रिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धनबाहेक अन्य कुनै पनि खालका खर्चिला तथा तिजसँग सम्बन्धीत महँगा कार्यक्रम नगर्ने अनुरोध गरेको हो ।
‘सु–संस्कार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु। संचारकर्मीहरु र महिला संजाल तथा सम्पूर्ण जिल्लाबासीहरुबाट सहयोगको अपेक्षा गरिएको छ ।’ कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । file photo

वि.सं.२०७९ भदौ २ बिहीवार १३:१४ मा प्रकाशित






























