काठमाडौं । सनराइज बैंकले महिलाहरुको महान चाडँ हरितालिका तिजको अवसर पारेर विशेष अफर ल्याएको छ । बैंकले तिजका लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दै भदौ १ गते देखि भदौ १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा रु ५०० नबढ्ने गरी क्यासव्याक दिने व्यवस्था गरेको हो ।
त्यसैगरी, भदौ महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाइल बैंकिंग, डिम्याट, मेरोशेयर र क्रेडिट निशुल्क तथा तथा गरगहना राख्नका लागि लकर सुविधा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।
बैंकले सनराइज नारी बचत खातामा रु १० हजारसम्मको प्रसुती खर्च र घातक रोग खर्च रु ५ लाख सम्म दिदै आएको जनाएको छ । साथै बैंकले स्वास्थ्य योजना अन्तर्गत रु १ लाख सम्मको स्वास्थ्य बीमा र रु ५ सम्मको दुर्घटना बीमा समेत दिदै आएको जनाएको छ ।
सनराइज बैंकद्धारा बुटवलको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण
वि.सं.२०७९ भदौ २ बिहीवार १२:५९ मा प्रकाशित





























