back
CTIZAN AD

नागरिकताकाे विषयमा भीम रावलले संसदमा सुनाए कविता – यहाँ गोलमाल छ

वि.सं.२०७९ भदौ २ बिहीवार

936 

shares

काठमाडाैं । नेकपा (एमाले)का सांसद भीम रावलले प्रतिनिधि सभा बैठकमा कविता सुनाएका छन् । नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा कविता सुनाएका हुन् ।

उनले कवितामा देशकाे हाल बेहाल भएकाे बताएका छन् । ‘देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ, नागरिकता जस्तो सस्तो छ साह्रै स्वाधिनता दाउमा छ’, उनले कवितामा भनेका छन् ।

नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए । राज्यव्यवस्था समितिको प्रतिवेदनका आधारमा विधेयक फिर्ता पठाउनु उचित मात्र नभई राष्ट्रियताका लागि कर्तव्य पालना नै गरेको उल्लेख गरे ।

संविधानको धारा ११४ अन्तर्गत जारी अध्यादेशलाई धारा ११३ अन्तर्गत पुनर्विचार गर्न फिर्ता पठाउनुलाई एउटै रुपमा हेर्न नहुने बताए । सांसद रावलले भने, ‘नागरिकता नपाउने को हुन्, कतिले पाएका छैनन्, कतिले गैरकानुनी रुपमा नागरिकता पाएका छन्, त्यसको छानविन हुनुपर्छ ।’

भारत बेलायत, बंगलादेश, भुटान लगायतका देशमा स्वदेशीसँग बिहे गरेकी महिलाका लागि ७ बर्षसम्म समय राखेकोमा नेपालले पनि सो अवधी राख्नु कसरी गलत हुन्छ भन्दै रावलले प्रश्न गरे । उनले चीरकालसम्ममा नेपालको अस्तित्व समाप्त पार्ने उद्देश्यका साथ सो विधेयक आएको बताए ।

वि.सं.२०७९ भदौ २ बिहीवार १५:१३ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...