back
CTIZAN AD

नेप्सेमा हरियाली छाउँदा ४ कम्पनीमा मूल्यमा लाग्यो सर्किट

वि.सं.२०७९ भदौ २ बिहीवार

657 

shares

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। सेयर मूल्य मापक नेप्से परिसूचक २७.५६ अंकले बढेर २०६८.२६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढी हो ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे १ अर्बभन्दा कमको शेयर कारोबार भएको बजारमा यस दिन २२० स्टकको ४१ हजार ५७१ पटकको कारोबारमा २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको ५१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

चार कम्पनीकाे मूल्यमा सर्किट

बिहीबार नेप्से बढेसँगै ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक, श्वेतगंगा हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयर १० प्रतिशत बढेको हो। त्यसैगरी, यस दिन हिमालयन हाइड्रोपावर, बलेफि हाइड्रोपावर र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल प्रगति फण्डको मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये विकास बैंक र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन्। त्यसैगरी, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

वि.सं.२०७९ भदौ २ बिहीवार १६:११ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...