back
CTIZAN AD

उम्मेदवार चयन गर्न जसपाले तय गर्‍यो यस्ताे मापदण्ड

वि.सं.२०७९ भदौ ३ शुक्रवार

924 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी मंसिर ४ को निर्वाचनका लागि उम्मेदवार चयन गर्न मापदण्ड तयार गरेकाे छ । जसपाले उम्मेदवार बन्न विभिन्न सात खालका याेग्यता पनि ताेकेकाे छ ।

उम्मेदवार बन्न मूल मापदण्ड पार्टी र समाजमा लोकप्रिय, सक्षमता, दक्षता, निष्पक्षता र निरन्तरता रहेको छ। अर्को मापदण्डमा प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको गहन अध्ययन र विश्लेषणबाट निर्क्योल गरिने बताइएको छ।

जसपाले उम्मेदवार हुने व्यक्ति पार्टीको समितिमा संगठित र सक्रिय रहेको हुनुपर्ने नियम बनाएकाे छ । त्यसैगरि, पार्टी र सामाजिक जनकार्यमा समर्पित भएकाे हुनुपर्ने, स्वच्छ सामाजिक छवि तथा नैतिकवान भएको हुनुपर्ने, निर्वाचनमा विजय हासिल गर्न सक्ने सम्भावना भएको हुनुपर्नेलगायतका मापदण्ड बनाएकाे छ ।

यसैगरी, उम्मेदवार छनोटको प्रक्रिया समेत प्रस्ताव गरिएको छ। उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिले आवश्यक छलफल गरी योग्य उम्मदवारहरूका नामावली आ-आफनो जिल्ला समन्वय समितिलाई यही भदौ ११ गतेभित्र सिफारिस गर्नुपर्नेछ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिबाट सिफारिस भई आएका नामावलीमध्ये छलफल गरी जिल्ला समन्वय समितिले ५ जनासम्म उम्मेदवारहरुको नामावली माथिल्लो (प्रदेश) समितिलाई भदौ १६ गतेभित्र सिफारिस गर्नुपर्नेछ।

प्रदेश समितिले जिल्ला समन्वय समितिबाट सिफारिस भई आएको नामावलीउपर छलफल गरी ३ जना प्रस्तावित उम्मेदवारको नाम संसदीय बोर्डमा भदौ २० गतेभित्र सिफारिस गरी पठाउन भनिएको छ।

वि.सं.२०७९ भदौ ३ शुक्रवार १४:२२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...