काठमाडौं । कुमारी बैंकले आईपिओ भर्दा पैसा नलाग्ने व्यवस्था गरेको छ । बैंकले भदौ १ गतेबाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
भदौ १ पश्चात कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।
बैंकले ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै सो छुट ल्याएको उल्लेख गरेको छ । यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने बैंकले विश्वास लिएको छ ।
बैंकले १९७ शाखा, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।
वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:५२ मा प्रकाशित





















