काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि स्मार्ट नारी बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले नेपाली महिलाहरुलाई लक्षित गरी ब्याज मासिक भुक्तानी गर्न मिल्ने बार्षिक ब्याजदर ८.०३ प्रतिशत भएको उक्त बचत खाता सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप यस योजना अन्तर्गत ग्राहकहरूले मेडिकल-स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक ५ हजारसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै ग्राहकले लकर सुबिधामा ५०% छुट पाउने बैंकले जनाएको छ ।

त्यसैगरी, ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।
बैंकले यस योजना अन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न सक्ने जनाएको छ । बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
एनएमबि बैंकले ल्यायो ग्राहकका लागि जहाजको टिकट खरिदमा क्यासब्याक अफर
वि.सं.२०७९ भदौ ३ शुक्रवार १६:३९ मा प्रकाशित





























