काठमाडौं । आइसिएफसि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुनिल पन्त नियुक्त भएका छन् । सञ्चालक समितिको निर्णय बमोजिम असोज २५ गतेबाट ४ वर्षको कार्यकालका लागि पन्त दास्रो कार्यकालका लागि सीइओमा नियुक्त भएका हुन् ।
कम्पनीकाे सीइओको रुपमा पन्तको कार्यकाल आगामी असोज २४ गतेबाट सकिँदै छ ।
पन्त विगत ३० वर्ष देखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका कुशल नेतृत्वकर्ता, सफल बैकरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल भएका छन् । पन्तले फाइनान्सको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै आएका छन् ।
वि.सं.२०७९ भदौ ५ आइतवार १३:०६ मा प्रकाशित
























