back
CTIZAN AD

अस्पतालमा औषधिको अभाव हुँदा बिरामी समस्यामा

वि.सं.२०७९ भदौ ५ आइतवार

1.3K 

shares

जाजरकोट । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक भारी मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता छ ।
दुइ हप्ताअघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूहरु मारमा परेको स्वास्थ्यकर्मीले बताए । दैनिक निःशुल्क र बीमा गरेबापत पाइने औषधि खोज्दै बिरामी आए पनि नहुँदा खाली पठाउनु परेको फार्मेसी शाखाले जनाएको छ । मौसमी फ्लुदेखि अन्य रोगका बिरामीका कारण केही दिनदेखि अस्पताल भरिभराउ रहदै आएको छ ।

औषधि लिनका लागि बिरामीका आफन्त फार्मेसीमा आए पनि औषधि नहुँदा छैन भन्ने जवाफ दिनुपर्दा र उनीहरुको गाली खानुपर्दा आफूहरु हैरान भएको स्वास्थ्यकर्मीले बताए । स्वास्थ्य बीमा गरेको कागज देखाउँदा पनि औषधि नपाएर बाहिर गई औषधि खरिद गर्नुपरेको भेरी नगरपालिका– २ की रमिता कार्कीले गुनासो गरिन् । औषधि अभाव भए समयमै खरिद गर्नुपर्नेमा अहिलेसम्म के हेरेर बसेको होला उनिले प्रश्न गरिन् । उक्त अस्पताल ५० शश्याको छ । यता स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कँडेलले आजै औषधि जाजरकोट पठाउन लागिएको जानकारी दिए ।

वि.सं.२०७९ भदौ ५ आइतवार १४:१५ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...