Logo
१५ आश्विन २०७९, शनिबार
     Sat Oct 1 2022
E-paper
  English Edition
   Unicode
Logo

तल हैसियत छैन, केन्द्रमा भाग : तीन सचिव पाएको बागलुङमा माओवादी चौथो



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारीमा बागलुङबाट मात्रै तीन जना नेताहरु समेटिएका छन् । शिक्षामन्त्रीसमेत रहेका देवेन्द्र पौडेल, पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा र नेता हितमान शाक्य पार्टी केन्द्रीय सचिवमा चयन भएका हुन् ।

सचिवमा चयन भएका तीनै नेता एउटै नगरपालिकाका समेत हुन् । पौडेल र शर्माको स्थायी ठेगाना बागलुङ नगरपालिका वडा नं. १२ हो भने शाक्य साेही नगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा हुन् ।

पौडेल पहिलो पटक मन्त्री बनेका हुन् भने शर्मा २०६८ मा नै शिक्षामन्त्रीको जिम्मेवारीमा आएका थिए । नेता शर्मा अहिले राष्ट्रिय सभा सदस्यसमेत छन् । शाक्य भने २०७४ काे निर्वाचनमा काठमाडाैं–१० बाट पराजित भएका थिए ।

बाग्लुङमा माओवादीको हैसियत कस्तो ?

केन्द्रीय सचिव पदमा चयन भएका तीनै नेताले बागलुङ जिल्लाको प्रतिनिधित्व गर्दछन् । तर, अनौठो विषय बागलुङ जिल्लामा माओवादी केन्द्रको हैसियत निकै कमजोर छ ।

११ स्थानीय तह रहेको बागलुङमा माओवादी केन्द्र एउटा मात्रै स्थानीय तह ताराखोला गाउँपालिकामा जितेको छ । ताराखोला गाउँपालिकामा पनि माओवादीले गठबन्धनको बलमा जितेको हो ।

बागलुङमा कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २ र एमाले र माओवादी केन्द्रले एक/एक पालिकाको नेतृत्व जितेका छन् ।

तीन जना केन्द्रीय सचिव भएको बागलुङ नगरपालिकामा माओवादी केन्द्रले गठबन्धनको बलमा उपप्रमुख जितेको छ । तर, मतको हिसाबले माओवादी केन्द्र उक्त नगरपालिकामा चौथो पोजिसनमा देखिन्छ । मतमा माओवादी केन्द्रभन्दा एकीकृत समाजवादी अगाडि छ ।

सचिवद्वय पौडेल र शर्माको वडा नम्बर १२ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् भने शाक्यको वडा नम्बर ३ मा कांग्रेसले जितेको छ । १४ वडा रहेको बागलुङ नगरपालिमा माओवादी केन्द्रले वडा नं. ४ मा मात्रै जितेकाे छ ।

संघीय चुनावमा गठबन्धनकै भर

२०७४ मा भएको संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्रले संघ तर्फ एक र एमालेले एक निर्वाचन क्षेत्र जितेको थियो । प्रदेशसभामा भने राष्ट्रिय जनमोर्चाले दुई निर्वाचन क्षेत्र जित्दा एमाले र माओवादी केन्द्रले एक/एक निर्वाचन क्षेत्र जितेका थिए । तत्कालिन समय वाम गठबन्धन गरेको कारण माओवादी केन्द्रलाई विशेषगरी बाग्लुङमा राहत मिलेको थियो ।

बागलुङ–२ बाट प्रतिनिधिसभामा विजयी हुन सफल देवेन्द्र पौडेललाई पनि गठबन्धनकै मतले सहयोग गरेको थियो । यदी तत्कालिन समय गठबन्धन नगरी चुनावी मैदानमा उत्रिएको भए माओवादीलाई केन्द्रलाई चुनाव जित्न कठिन थियो ।

२०७४ मा भएको संघीय र प्रदेशसभा निर्वाचन र अहिलेको स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा माओवादी केन्द्र बाग्लुङमा कमजोर अवस्थामा देखिन्छ । माओवादी केन्द्रले गठबन्धन नगरी बागलुङमा चुनाव जित्ने अवस्था देखिन्न । माओवादीको शीर्ष नेतृत्वमा चयन भएपनि तीन नेताले आफ्नो क्षेत्रमा भने प्रभाव नपारेको देखिन्छ ।

(नाेट : यसअघि वडा नं. ३ हुनुपर्नेमा अन्यथा भएकाे सच्चाइएकाे छःसं ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओम आचार्य, अर्घाखाँची राम्रा भनेर हाम्रा बनाइएकाहरू एकपछि अर्को गर्दै ओरालो लाग्दै गरेको दृश्यले

कलानिधि दाहाल, काठमाडौं मौन ! मौन !! मिठासको मौन मिजासको मौन शालीनताको मौन संयमको

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको