back
CTIZAN AD

विप्लव नेतृत्वको नेकपा लगायत चार पार्टीको आव्हानमा आज नेपाल बन्द

वि.सं.२०७९ भदौ ७ मंगलवार

759 

shares

काठमाडौं । नेत्रविक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा आज देशभरी बन्द आव्हान गरिएको छ ।

एमसीसी संझौता खारेज, तत्कालीन ओलि सरकारसँग गरेको तीन बुँदे संझौता लागू, जेलमा रहेका आफ्ना नेता तथा कार्याकर्ता रिहाइ, केही दिनअघि मात्र आफ्नो पार्टी महासचिव लगायत केन्द्रीय नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेज, नागरिकता बिधयेक खारेजी लगायतका मागहरु राखी आज संयुक्त रुपमा नेपाल बन्दको आव्हान गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपासँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीको संयुक्त आयोजनामा आज बन्द आव्हान गरिएको हो ।

रुपन्देही लगायतका जिल्लामा मशाल जुलुश
बन्द आव्हानको पूर्व सन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौं लगायतका विभिन्न जिल्लामा मसाल जुलुस निकालेको थियो ।

त्यस्तै बुटवलको बेलवासमा सयौंको संख्यामा भेला भएका नेता तथा कार्यकर्ताहरुले मशाल जुलुस तथा नारावाजी सहित बन्द सफल पार्न आह्वान गरेका थिए । उक्त जुलुसको नेतृत्व बुटवल नगर इन्चार्ज विरेन्द्र बिकले गरेका थिए ।

त्यस्तै रुपन्देहीकै सैनामैना नगरपालिकाको बाँसगढी तथा रुपन्देहीको देवदह नगरपालिकाकै संकरपुर चौडाहामा शिशिरको नेतृत्वमा मशाल जुलुस तथा कोणसभा सम्पन्न गरिएको थियो ।

वि.सं.२०७९ भदौ ७ मंगलवार ०६:५४ मा प्रकाशित

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौंको का.म.न.पा.–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...