काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र सहरी विकास मन्त्रालय गरी ५८४ अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्विकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार दुई मन्त्रालयमा गरी ५८४ कर्मचारीको दरबन्दी स्विकृत गरिएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा २०४ र सहरी विकास मन्त्रालयमा ३८० र गरी कूल ५८४ जना राजपत्रांकित श्रेणीका अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरिएको जानकारी दिएका छन् ।
त्यसैगरी सोही बैठकले महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद् प्रस्ताव न १३२५ र १८२० कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको समेत मन्त्री कार्कीले जानकारी दिए ।
वि.सं.२०७९ भदौ ७ मंगलवार १५:१० मा प्रकाशित






























