काठमाडौं । कलाकार दिपाश्री निरौला आज ४७ औं जन्मदिन मनाउँदैछिन् । उनलाई हजारौ फ्यानहरुले जन्मदिनको शुभकामना दिएका छन् ।
उनको जन्मदिनलाई लिएर कलाकार दिपक राज गिरीले जोडी फोटो पोस्ट गर्दै भावुक भएर शुभकामना दिएका छन् ।
दिपकले आफुहरुको सहकार्य ३० वर्ष वितेको स्मरण गर्दै आफ्नो हातको हरेक उपलब्धिमा दीपाको नाम कुँदिएको लेखेका छन् ।
धनिया र रामरामबिलास बनेर नेपाली कला क्षेत्रमा सुरु भएको आफुहरुको सहकार्य स्मरण गर्दै भावुक शब्दमा उनले भनेका छन् –म जस्तो अव्यवहारिक मानिसलाइ जीवन सिकाउने तिमि नै थियौ । यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र ? त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ ।’
गिरीले भनेका छन्–
हरेक बर्ष झै आजको दिन मलाइ कसैसंग शब्दहरू सापटी माग्न मन लाग्छ । किनकि मेरा स्मरणमा रहेका शब्दहरूले तिम्रो गुणगानको भारी बोक्न सक्दैनन् ! मेरा हातमा रहेका हरेक उपलब्धिहरूमा तिम्रो नाम जो कुंदिएको छ ।
हेर्दा हेर्दै अब त ३० बर्ष पनि बितेछ ! तिमि धनिया‘ बनेर आएकि थियौ र त रामबिलास घर घरमा चर्चित बन्न पुगेको थियो । टेलिभिजनको सानो पर्दा हूदै सिनेमा सम्मको कठिन यात्रामा तिमि थियौ । म जस्तो अव्यवहारिक मानिसलाइ जीवन सिकाउने तिमि नै थियौ । आफ्नो उपलब्धिमा भन्दा मेरो प्राप्तिमा खुशि हुने मान्छे पनि तिमि थियौ !!
समाजका तीता प्रश्नहरूको पीडालाइ झेलेर लगातार साथ दिने पनि त तिमि नै थियौ !!
यो तिमि भन्ने शब्द नभाको भए म भन्ने शब्दको के अस्तित्व हुन्थ्यो र ? त्यसैले आजको तिम्रो जन्मदिन तिम्रो होइन, मेरो जस्तो लाग्छ ह्याप्पी बर्थ डे टू यू होइन टू मी भन्न मन लाग्छ’
आफ्नो आँखामा आँसुको भारी बोकेर अरूको आँसु पुछ्ने यस्तो अनमोल साथिलाइ जन्मदिनको लाखौ शुभकामना !!!
वि.सं.२०७९ भदौ ७ मंगलवार १६:५४ मा प्रकाशित

























