back
CTIZAN AD

कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिए

वि.सं.२०७९ भदौ ७ मंगलवार

732 

shares

किन्सासा । अफ्रिकी देश कङ्गोमा इबोला भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ एकजनामा सोमबार इबोला भाइरसको सङ्क्रमण भेटिएको हो ।

कङ्गोको स्वास्थ्य मन्त्रालयले कङ्गोको उत्तरी प्रान्त किभुमा एकजनामा इबोला भाइरसको सङ्क्रमण देखिएको एक विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

यहाँ यसअघि पनि गत जुलाईमा ४६ वर्षका एकजना पुरुषमा इबोला भाइरसको सङ्क्रमण देखिएको थियो । इबोलाकै कारण उनको यही अगष्ट १७ मा निधन भएको सो मन्त्रालयले जनाएको थियो ।

यसअघि पनि सन् २०१८ र सन् २०१९ मा अफ्रिकी मुलुक कङ्गोका दुई उत्तरी प्रान्त किभु र इतुरीमा इबोला भाइरसको ठूलो सङ्क्रमण भेटिएको थियो ।

सो सङ्क्रमणमा परी यहाँका तीन हजार आठ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । सो दुई वर्षको अवधिमा मात्र यहाँका दुई हजार दुई सयभन्दा बढीको निधन पनि भएको थियो ।

त्यससमय अफ्रिकाका अरु देशमा पनि इबोलाको सङ्क्रमण पाइएको थियो । त्यसमा परेर हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ भदौ ७ मंगलवार २०:५१ मा प्रकाशित

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...