back
CTIZAN AD

फिनल्याण्डकी प्रधानमन्त्रीले लागूपदार्थ सेवन नगरेको पुष्टि

वि.सं.२०७९ भदौ ७ मंगलवार

732 

shares

हेलसिन्की । साथीभाइसँगको जमघटमा नाचेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लागूपदार्थ सेवन नगरेको पुष्टि भएको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको ‘हाउस पार्टी’को भिडियोमा उनले गैरकानूनीरूपमा लागूपदार्थ र मदिरासमेत सेवन गरेको आक्षेप लागेपछि सोमबार गराएको प्रयोगशाला परीक्षणबाट उनले लागूऔषध सेवन नगरेको पुष्टि भएको हो ।

प्रधानमन्त्री मारिनको पिसाबको नमूनामा कोकिन, एम्फेटामाइन्स, भाङ र ओपिओइड्सजस्ता लागूऔषधको उपस्थिति रहेनरहेको निक्र्यौल गर्न परीक्षण गरिएको थियो । आफूले केही मदिरा सेवन गरेको तर कुनै किसिमका लागूपदार्थ सेवन नगरेको प्रधानमन्त्री मरिनले शुक्रबार आफ्नो निवासमा पत्रकारलाई बताएकी थिइन् । आफूले जीवनमा कहिल्यै पनि लागूऔषध सेवन नगरेको पनि स्पष्ट गरेकी थिइन् ।

चौतीस वर्षको उमेरमा प्रधानमन्त्री बनेकीकी मारिनको विपक्षीले सरकारी निवासमा भोजभतेर र आमोदप्रमोदलगायत गतिविधि गरेकामा यसअघि पनि आलोचना गरेका थिए । (रासस/एएनआई)

वि.सं.२०७९ भदौ ७ मंगलवार २०:४९ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...