back
CTIZAN AD

श्रीलङ्काद्धारा आयात प्रतिबन्धमा थप कडाई, ३०० भन्दा बढी वस्तुमा आयात प्रतिबन्ध

वि.सं.२०७९ भदौ ९ बिहीवार

624 

shares

कोलम्बो । श्रीलङ्काले आयात प्रतिबन्धलाई कडाइ गर्दै थप ३०० भन्दा बढी वस्तुमा प्रतिबन्ध लगाएको छ ।

आर्थिक सङ्कटका कारण महिनौँदेखि आवश्यक बस्तु तथा सामानमा अभाव सिर्जना हुने गरेको छ । आर्थिक सङ्कटका कारण सुरू भएको देशब्यापी आन्दोलनको बलमा सो समय देशको नेतृत्व गर्दै आएका राष्ट्रपति गोटावाय राजापाक्षलाई पदच्युत गरिएको थियो । राष्ट्रपतिको कार्यालयलाई प्रदर्शनकारीले घेराउ गर्दै कब्जा गरेपछि उनी सेनाको सहयोगमा माल्दिभ्स हुँदै सिङ्गापुर पुगेर राजिनामा घोषणा गरेका थिए । उनी अहिले थाइल्याण्डमा रहेका छन् भने उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ ।

गत जुलाईमा राजापाक्षलाई पदबाट हटाएपछि राष्ट्रपति रनिल विक्रमासिङ्घेले विदेशबाट श्रीलङ्का आयात हुने घरेलु उपकरण र खेल सामग्रीलगायतका सामानमा प्रतिबन्ध लगाएका थिए ।

दुई करोड २० लाख जनसङ्ख्या भएको दक्षिण एशियाली टापु राष्ट्रले विदेशी मुद्राको अभावका कारण धेरै आवश्यक वस्तुको चरम अभाव झेल्दै आएको छ । केन्द्रीय बैंकले गत साता विदेशी मुद्राको अभाव कम हुँदै गएको घोषणा गरे पनि नयाँ प्रतिबन्ध लगाइएको हो ।

यद्यपि, श्रीलङ्काको अर्थतन्त्र यस वर्ष अपेक्षा गरिएभन्दा ८.० प्रतिशतले खुम्चिने अनुमान गरिएको छ र सेप्टेम्बरसम्ममा मुद्रास्फीति ६५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले अप्रिलमा आफ्नो ५१ अर्ब अमेरिकी डलरबराबरको बाह्य ऋणको भारीे तिर्न असफल भएकोे थियो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको एक प्रतिनिधिमण्डलले बुधबार श्रीलङ्काका अधिकारीहरूसँग कर्जा सहयोगका लागि वार्ता जारी राख्ने कार्यक्रम छ । तर श्रीलङ्काको सबैभन्दा ठूलो ऋणदातामध्ये चीनले आफ्नो ऋणको पुनर्संरचना गर्न इन्कार गरेमा आईएमएफको सहायतामा ढिलाइ हुन सक्छ ।

बेइजिङले विद्यमान ऋणमा कटौती गर्नुको साटो थप ऋण जारी गर्ने आफ्नो प्रस्तावबाट सार्वजनिक रूपमा पछि हटेको छैन ।
श्रीलङ्काका लागि विदेशी मुद्राको प्रमुख स्रोतका रूपमा रहेको विप्रेषण गत वर्षको सोही अवधिको तुलनामा छ महिनामा ५० प्रतिशतले घटेर एक अर्ब ६० करोड अमेरिकी डलरमा झरेको छ ।

७३ वर्षीय राजापाक्ष गत जुलाईमा सरकारी निवासमा प्रदर्शनकारीले आक्रमण गरेपछि महिनौँसम्म चलेको विरोध प्रदर्शनपछि उनी भागेर सिङ्गापुर पुगेका थिए । त्यसपछि उनी थाइल्याण्ड उडेका छन् तर उनी स्वदेश फर्कन चाहेको उनको पार्टीले जनाएको छ । (रासस/एएफपी)

 

वि.सं.२०७९ भदौ ९ बिहीवार ०७:३५ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...