back
CTIZAN AD

एक साताको अवधिमा नै एक हजार बढीले बुझाए स्पष्टीकरण

वि.सं.२०७९ भदौ ९ बिहीवार

813 

shares

सप्तरी । निर्वाचन खर्च विवरण नबुझाएका यहाँका एक हजार तीन सय ६६ उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा स्पष्टीकरण बुझाएका छन् ।

कानुनले तोकेको ३० दिनको अवधिमा दुई सय ४६ ले मात्र निर्वाचन खर्च विवरण बुझाएकामा स्पष्टीकरण बुझाउने एक साताको अवधिमा एक हजार तीन सय ६६ उम्मेदवारले स्पष्टीकरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तिम दिन मङ्लबार अबेर रातिसम्म एक हजार ५९ जनाले स्पष्टीकरण बुझाएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले बताए । “अन्तिम दिनको समेत गरेर एक सातामा एक हजार तीन सय ६६ उम्मेदवारले स्पष्टीकरण बुझाए”, निर्वाचन अधिकारी जोशीले भने, “भीडका कारणले अन्तिम दिन स्पष्टीकरणपत्र बुझ्ने काम मात्र भयो, आज फायलिङ्ग गरी व्यवस्थित गर्न लागेका छौँ ।”

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तरीमा कुल आठ सय ५६ पदका लागि पाँच हजार पाँच सय ३५ जनाले उम्मेदवारी दिएका थिए । खर्च विवरण बुझाउनका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना सार्वजनिक गर्दा र ताकेता गर्दासमेत खर्च विवरण बुझाउन नआउनेहरू अहिले एक साताको समयावधिमा लाम लाएर स्पष्टीकरण बुझाउन आएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सरोज मेहताले बताए ।

खर्च विवरण नबुझाउने र ढिलो बुझाउनेलाई निर्वाचन आयोगले साउन ३१ गते एक साताको समय दिएर स्पष्टीकरणसहितको प्रेस विज्ञप्ति जारी गरेको थियो । जिल्ला निर्वाचन कार्यालयले भदौ १ गते एक साताको समयावधि दिएर उम्मेदवारसँग स्पष्टीकरण सोधेको थियो ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ । निर्धारित समयमामा दुई सय ४६ जना र साउन मसान्तसम्ममा चार सय ८४ जनाले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा देखिन्छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को दफा १ ले अधिकतम हदभन्दा बढी खर्च गर्ने वा तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई जरिवाना गर्न सक्ने व्यवस्था छ । निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्न सक्ने ऐनमा उल्लेख छ ।

सोही दफाको उपदफा २ मा कुनै निर्वाचन खर्चको विवरण पेश नगरेमा वा त्यही पेश भएको विवरणमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले उम्मेदवारलाई त्यही गरेको खर्च बराबरको रकम वा रु पाँच लाखमध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्छ ।

सोही दफाको उपदफा ३ मा भने जरिवाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउने वा उम्मेदवार हुुन अयोग्य घोषित गर्न सक्ने छ । सोही दफाको उपदफा ५ मा आयोगले उपदफा ३ बमोजिम निर्णय गरेकामा त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुने व्यवस्थासम्म छ ।

 

वि.सं.२०७९ भदौ ९ बिहीवार १६:४८ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...