back
CTIZAN AD

भोलिदेखि एमालेकाे केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

वि.सं.२०७९ भदौ ९ बिहीवार

945 

shares

काठमाडौं । नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको हुन् ।

१० र ११ भदौमा पार्टीको केन्द्रीय कार्यालयमा हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेगरी एक दर्जनभन्दा बढी एजेण्डा पोलिटब्यूरो बैठकले तयार गरेको छ । जसअनुसार पहिलो एजेण्डा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित रहेको प्रमुख गुरुङको भनाइ छ ।

यस्तै, सत्ता गठबन्धनको गलत क्रियाकलाप, त्यसका निर्णयहरूबाट नेपाली राजनीतिमा हुनसक्ने दुरगामी प्रभाव बारे छलफल गर्ने निर्णय पनि भएको छ । सरकारका कारण भष्ट्राचार मौलाएको, अनियमितता र अराजकता फैलिएको विषयमा पनि छलफल गर्ने निर्णय भएको छ । सत्ता गठबन्धनले लोकतन्त्रलाई कमजोर बानाएको निश्कर्षसहित केन्द्रीय कमिटीमा छलफल गर्ने तयारी छ ।

यस्तै, मुद्रास्फिति र मुल्यवृद्धि बढेको विषयमा केन्द्रीय कमिटीमा छलफल हुनेछ । प्रमुख गुरुङका अनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी बारेमा पनि छलफल हुनेछ । गत स्थानीय तह निर्वाचनको समीक्षा पनि हुनेछ ।

आजको बैठकमा राजनीतिक प्रतिवेदनको सारंश बताउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा सिट संख्याका हिसाबले एमाले दोस्रो भए पनि लोकप्रियताका हिसाबले पहिलो पार्टी बताएका थिए ।

प्रमुख गुरुङका अनुसार भोलिको बैठकमा पहिलो एजेण्डाका रुपमा पार्टी अध्यक्षको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ । प्रतिवेदनमाथि छलफल र समूहगत छलफलपछि आवश्यक निर्याय लिइनेछ । दोस्रो एजेण्डाका रुपमा स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना व्यक्तिलाई सपथग्रहण गराएर बैठकमा सहभागी गराइनेछ । तेस्रो एजेण्डाका रुपमा यसअघि पार्टी सचिवालयले गरेका सबै निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरिनेछ ।

चौथो एजेण्डामा आगामी निर्वाचनका उम्मेदवारको छनौट प्रक्रिया र मापदण्ड तयार गर्ने रहेको छ । यी एजेण्डा पारित गरेर चुनावमा लाग्ने गुरुङले बताए । पाँचौ एजेण्डा स्थानीय तह निर्वाचनका सम्बन्धमा प्राप्त उजुरीहरुको छानबिन गरेर पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले तयार पारेको रिर्पोट बैठकमा प्रस्तुत हुनेछ ।

संगठित सदस्यहरूको सदस्यता नम्बर दोहोरिएको बारे पनि व्यवस्थापन गर्ने गरी बैठकमा प्रताव गरिनेछ । यस्तै, भोलिको बैठकमा पार्टीका तीन आयोगको रिर्पोट पनि पेश हुनेछ ।

वि.सं.२०७९ भदौ ९ बिहीवार १७:२७ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...