back
CTIZAN AD

गैरआवासीय नेपाली सङ्घ युरोप क्षेत्रको युवा, महिला तथा विज्ञ सम्मेलन हुँदै

वि.सं.२०७९ भदौ ९ बिहीवार

1.4K 

shares

स्वीट्जरल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपको १४ औँ युरोपियन क्षेत्रिय बैठकसँगै युवा, १२ औँ महिला तथा विज्ञ सम्मेलन हुने भएको छ ।

‘Partnership in Action for Transformation’ भन्ने नाराका साथ आउदो सेप्टेम्बर २४ र २५ तारिकका दिन स्विडेनको राजधानी शहर स्टकहोल्म्समा उक्त सम्मेलन आयोजना गरिएको हो ।

संघले भेलालाई सफल बनाउन यहाँस्थित क्षेत्रीय पदाधिकारीहरूको बैठकले विभिन्न समिति, उपसमितिको गठन सँगसँगै भेलालाई चुस्त तुल्याउनका निमित्त सरोकार राख्ने व्यक्ति तथा निकायहरूसँग छलफल गरिरहेको र सोही छलफललाई पूर्णता दिएर आयोजना केन्द्रीत कार्यक्रमहरू छिट्टै सार्वजनिक गर्ने जनाइएको छ ।

भेला आयोजनाका निमित्त क्षेत्रिय संयोजकद्वयको अध्यक्षतामा युरोप क्षेत्रका पदाधिकारीहरू, क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू, सम्बन्धित राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष र महासचिवहरूलाई पदेन सदस्य, युरोप क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय पदाधिकारीहरूलाई समितिको पदेन सल्लाहकारको जिम्मेवारी प्रदान गरी एक बृहत आयोजक कमिटी समेत गठन गरेको छ ।
उक्त समितिको सदस्यसचिवको जिम्मेवारी विगतको परम्परालाई निरन्तरता दिँदै आयोजक राष्ट्रका अध्यक्ष राजकुमार पाठकलाई दिइएकोछ ।

‘गैर आवासीय नेपाली सङ्घको पछिल्लो कठिन परिवेशमा हाम्रासामु थुप्रै चुनौतीका पहाडहरू छन्, एकातर्फ हाम्रा आफ्ना कार्यक्रमहरूको निरन्तरताका सवालहरू छन् भने अर्कोतर्फ सामुहिक एकताको आवश्यकता पनि छ’, संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सङ्घले आजका दिनसम्म आर्जन गरेको विश्वासको वातावरणलाई जोगाउनुपर्ने आवश्यकता आज हाम्रासामु छ । यस्तै चुनौतीहरूका चाङका बाबजुद गैरआवासीय नेपालीको एकता र सहकार्य नै आजको अपरिहार्यता रहेको हामीले महसूस गरेका छौँ । यसैलाई गन्तब्यमा पु¥याउनु हामी सबैको जिम्मेवारी हो भन्नेमा कुनै शंका नभएको समग्र एनआरएनहरूको बुझाइ छ ।’

यसै रुपान्तरणको सिलसिलालाई सुरुवात गर्नका निमित्त  युरोप क्षेत्रिय भेलाको मुख्य नारा ‘Partnership in Action for Transformation’ तय गरिएको पनि संघले जानकारी दिएको छ ।

‘गैरआवासीय नेपाली सङ्घ नेपाल सरकारको सच्चा साझेदार हो भने नेपाल र नेपालीहरूको विश्वास पनि हो । हामी हाम्रा सबै गतिविधि र कार्यक्रममा समस्त निकाय, संस्था र सरोकारवालाहरूसँग परिणाममूखी सहकार्य गर्न चाहान्छौँ । हाम्रा गतिविधिहरू रूपान्तरणको निम्ति केन्द्रीत गर्न चाहान्छौँ,’ । हामी यसपटकको क्षेत्रिय भेलाका हरेक कार्यक्रमभित्र युवा र महिलाको भूमिका एवम् सहभागिता खोज्नुका साथै कार्यक्रमका सबै विषयहरूको आवश्यकता, समस्या तथा समाधानको बारेमा छलफल गर्नुका साथै त्यसबाट आएको निश्कर्षलाई ब्यवहारिक जीवनमा रूपान्तरणको प्रयासका लागि प्रयत्नशील छौँ । हाम्रो विश्वास छ– नाराजस्तै कामबाट पनि हामीले गैरवासीय नेपालीजनको भावनालाई समेट्ने छौँ ।’ युरोप क्षेत्रिय उपसंयोजक तथा भेला आयोजना समितिको अध्यक्ष सन्तोष भट्टराई तथा युरोप चिन्तामणि सापकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी संघले उक्त भेलाका लागि संघका युरोप क्षेत्रिय उपसंयोजक तथा संचारकर्मी सागर सुवेदीको संयोजकत्वमा मेडिया टिम समेत गठन गरेको छ ।

वि.सं.२०७९ भदौ ९ बिहीवार २०:३२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...