back
CTIZAN AD

मेयर बालेनको एक्सन बिहान अनुगमन, दिउँसो डोजर

वि.सं.२०७९ भदौ ९ बिहीवार

717 

shares

काठमाडौँ । अवैध संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर लगाएर भत्काएको छ ।

अवैध संरचण्ना हटाउने अभियान चलाएका कामपाका प्रमुख बालेन्द्र साह अल्फाबिटामा आज बिहान महानगरको अन्य टोलीसहित अनुगमनमा गएका थिए । अनुगमनका क्रममा घरधनीले नक्सा देखाउन आनाकानी गरी नक्सा महानगरमानै होला भनेपछि कामपा नक्सा विभागमा आएर प्रमुख साहले उक्त घरको नक्सासहित डोजर लिएर आएपछि अवैध संरचना भत्काउने काम भएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

नक्सा स्वीकृत हुने बेला खुलाइएको प्रयोजनविपरीत सञ्चालनमा भएका संरचनाका विषयमा प्रमुख साहले भने, “अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफँै बुझेर अनधिकृतरूपमा बनाइएका संरचना आफैँ हटाइदिनुहोला, नक्सा पास भएअनुसार निर्माण र प्रयोग गरिदिनुहोला ।”

कामपाले बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तला स्वीकृत नक्साबमोजिम सञ्चालन गर्न ३५ दिने सूचनामार्फत अनुरोध गरेको थियो । सूचनाको म्याद सकिँदासम्म पनि कसैबाट जिम्मेवारीपूर्वक पार्किङ नखुलाएपछि भदौ ६ गतेदेखि बानेश्वर क्षेत्रबाट अनधिकृत संरचना हटाउन सुरु गरिएको हो ।

अनुगमनका क्रममा आज कामपाले उक्त क्षेत्रमा बेसमेन्टको प्रयोग गरेर करिब पाँच ठाउँमा व्यवसाय सञ्चालन गरेको पाएपछि नक्सा पासअनुरूप प्रयोग गर्न निर्देशन दिएको छ । आजको कारवाहीका विषयमा जानकारी दिँदै नगर प्रहरी प्रमुख पाण्डे भछन्, “वडा नं ९ मा मुक्तिनाथ विकास बैंक भएको भवनको बेसमेन्टमा सञ्चालन भएको व्यवसाय वडाध्यक्षको रोहबरमा बन्द गराइएको छ ।”

मङ्गलबारदेखि सुरु भएको यस किसिमको कार्यअन्तर्गत बुधबार काठमाडौँ मल र आरबी कम्प्लेक्समा बनाइएका नक्सा पासविपरीतका संरचना भत्काइसकेको छ ।

वि.सं.२०७९ भदौ ९ बिहीवार २०:४५ मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगितामा अष्ट्रेलिया समूह ‘डी’को उपविजेता...