संयुक्त राष्टसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पुनःहिंसाको सुरुवात भएकामा आफू स्तब्ध भएको बताएका छन् ।
‘इथियोपियामा बढेको हिंसाले मलाई निकै दुःखी तुल्याएको छ, म स्तब्ध भएको छु । उहाँका गिरे, अमराह, ओरोमस, अफ्रासलगाायतका क्षेत्र यसअघि नै निकै लामो समदेखि हिंसाको चपेटामा परेका छन्, यहाँ थप हिंसा भड्किएको छ यसले मलाई स्तब्ध बनाएको छ ।’गुटर्रेसले भनेका छन् ।
उनले यहाँका विद्रोही र सरकारबीचमा जतिसक्दो चाँडो शान्ति वार्ताका लागि पनि जोड दिएका छन् । तर वार्ताका माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा यहाँका विद्रोही नरहेका अधिकारीहरुले जनाएका छन् ।
इथियोपियामा हिंसा गरिरहेका टिगरे पिपुल्स लिबरेसन फन्ट, टिपीएलएफले यहाँ केही वर्षयतादेखि हिंसा मच्चाइरहेको छ ।
उनीहरुको सशस्त्र विद्रोहमा परेर कैयौँ नागरिकको ज्यान पनि गएको छ । संयुक्त राष्ट्रसङ्घले पटक पटक यहाँ शान्ति स्थापनाका लागि सरकार र टिपिएलएफका बीचमा वार्ता गर्न आग्रह पनि गरिरहेको छ ।
केही दिनयतादेखि यहाँको सरकारले वार्ताका लागि गरेको आग्रहलाई बुधबार सो विद्रोही समूहले अस्वीकृत गरेको छ ।
उता संयुक्त राष्ट्रसङ्घले भने शान्तिवार्तामा जोड दिँदै आएको छ । किनभने टिगरेलगायतका यहाँका कतिपय स्थानमा जारी रहेको हिंसाका कारण मानवीय सहायता लिएर गएका सहायताकर्मीलाई पनि सहायता बाँड्न दिएका छैनन् ।
संयुक्त राष्टसङ्घका कैयौँ कर्मचारी यहाँका विद्रोहीले नियन्त्रणमा लिने र खाद्यान्नलगायतको सहायता सामग्री पनि लुट्ने गरेका छन् । (रासस/सिन्ह्वा)
वि.सं.२०७९ भदौ ९ बिहीवार २०:५८ मा प्रकाशित






























