back
CTIZAN AD

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया सेप्टेम्बरको शुरुमा स्वदेश फर्किने

वि.सं.२०७९ भदौ ९ बिहीवार

729 

shares

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड निर्वासनको केही दिनपछि सेप्टेम्बरको पहिलो हप्तामै स्वदेश फर्कने तयारीमा छन् ।

राजापाक्षे सेप्टेम्बर २ वा ३ मा फर्किने सम्भावना रहेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । कोलम्बोमा चर्को राजनीतिक विरोधपछि र देशको आर्थिक सङ्कटबाट आक्रोशित प्रदर्शनकारीबाट खतरा देखेपछि उनी गत जुलाई १३ को बिहान श्रीलङ्काबाट भागेका थिए ।

सिङ्गापुर पुगेपछि उनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए जहाँ उनलाई १४ दिने भ्रमण पास जारी गरिएको थियो ।

अगस्ट ११ मा पूर्वराष्ट्रपति श्रीलङ्का सरकारको अनुरोधमा थाइल्याण्ड पुगेका थिए । उनको मिरिहाना निवासमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

थाइल्याण्डले श्रीलङ्काका पूर्वराष्ट्रपतिले देशमा शरण मागेको खबरलाई अस्वीकार गरेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले राजपाक्षेलाई राजनीतिक शरण नलिने उद्देश्यले देश भ्रमण गर्न अनुरोध गरेको बताएको छ ।

यसअघि श्रीलङ्का पोदुजाना पेरामुना (एसएलपीपी)ले राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई पूर्वराष्ट्रपति फिर्ताको व्यवस्था गर्न अनुरोध गरेको थियो । त्यसलगत्तै राष्ट्रपतिले राजापाक्षेलाई देश फर्काउने व्यवस्थाबारे छलफल गर्न सम्पर्क गरेको बताइएको छ ।

गोटाबायाका भाइ महिन्दा राजापाक्षे नेतृत्वको एसएलपीपीले आज वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसँगको भेटमा उक्त माग राख्दै गोटाबाया राजापाक्षेलाई श्रीलङ्कामा सुरक्षित यात्रा सुनिश्चित गर्न राष्ट्रपतिसँग अनुरोध गरेको छ । (रासस–एएनआई)

वि.सं.२०७९ भदौ ९ बिहीवार २१:०१ मा प्रकाशित

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...