काठमाडौं । नेकपा एकिकृत समाजवादीकी नेतृ तथा पूर्व सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बालेनको डोजर अभियानमा समर्थन गरेकी छन् ।
आफुलाई जस्तो दलिय दबाव बालेनलाई नहुने भन्दै नेतृ झाक्रीले यसपछि उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने पालो रहेको बताएकी छन् ।
नेतृ झाक्रीले आफुले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको बताउँदै निर्वाचन आएकोले त्यसलाई स्थगन गर्न दवाव आएकोले आफुले अन्य काम अगाडि बढाउन नसकेको बताएकी छन् ।
झाक्रीले भनेकी छन्–
मेरो समर्थन मेयर बालेन जीलाई!
१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।
२)मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ ।
३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो ।
४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो ।
५)मेरो कार्यकाल लामो रहेन । मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं ।
६)सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ ।
७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन ।
८)I am always with you, behind you= keep it up=
९)ईमान्दार प्रयासहरू सफल हुन्छन् ।
केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंका विभिन्न क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउने अभियान थालेपछि उनको उक्त अभियानमा झाक्रीले पनि समर्थन जनाएकी हुन् ।
वि.सं.२०७९ भदौ १० शुक्रवार १४:२० मा प्रकाशित




















