back
CTIZAN AD

रिलायबल लाइफले गर्यो नयाँ बोनस दर सार्वजनिक

वि.सं.२०७९ भदौ १० शुक्रवार

819 

shares

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ बोनस दर सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष स्थितिको लेखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन भदौ ८ गते बीमा समितिबाट स्वीकृत भएको थियो । कम्पनीले संचालनमा ल्याएको विभिन्न प्रकारका मुनाफामा सारिक हुने (बोनस आर्जन गर्ने) गरी जीवन बीमालेखहरुमा नयाँ बोनस दर तोकेको जनाएको छ ।

कम्पनीले प्रतिवर्ष प्रतिहजार २० रुपैयाँदेखि ७५ रुपैयाँ बोनस दर दिने भएको छ । जुन गत वर्षको भन्दा धेरै बोनस दर हो । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले प्रतिहजार १३ रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर कायम गरेको थियो ।

कम्पनीका अनुसार रिलायबल सावधिक जीवन बीमालेख अन्तर्गत प्रतिहजार ५० रुपैयाँ ७५ रुपैयाँ तोकिएको छ। जसमा ५ वर्ष देखि ९ वर्ष अवधिको लागि ५० रुपैयाँ दिएको छ । १० देखि १४ वर्ष अवधिसम्मको लागि ५५ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिसम्मको लागि ६२ रुपैयाँ छ । २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ७५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, लघु सावधिक जीवन बीमालेख अन्तर्गत कम्पनीले सबै बीमा अवधिहरुका लागि ३० रुपैयाँ बोनस दिएको जनाएकाे छ ।

कम्पनीका अनुसार रिलायबल सजिलो जीवन बीमालेख (एकल तथा सीमित अवधि भुक्तानी) बीमालेखमा सबै बीमा अवधिका लागि २५ रुपैयाँ बोनस दिएको छ । रिलायबल सुलभ जीवन बीमालेख मा ५ वर्ष देखि ९ वर्ष अवधिको लागि २४ रुपैयाँ बोनसदर कायम गरेको छ । १० वर्षदेखि १४ वर्ष अवधिका लगि २८ रुपैयाँ दिएको छ । १५ वर्षदेखि १९ वर्ष अवधिका लागि ३२ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथिको लागि ४० रुपैयाँ तोकेको छ ।

रिलायबल उच्च शिक्षा योजना बालबच्चाको सावधिक बीमालेख योजनामा ५ वर्षदेखि १४ वर्ष अवधिको लागि ६० रुपैयाँ १५ वर्षदेखि १९ वर्ष अवधिको लागि ६२ रुपैयाँ छ । २० वर्षभन्दा माथिको लागि ६५ रुपैयाँ बोनस कायम गरेको छ ।

कम्पनीका अनुसार सावधिक तथा आजिवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिका लागि ३० रुपैयाँ तोकेको छ । १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ छ। १५ वर्षदेखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ बोनस कायम भएको छ । २० वर्षदेखि २४ वर्षको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको अवधिका लागि ५० रुपैयाँ बीमितले बोनस प्राप्त गर्ने छन् ।

रिलायबल समुन्नति जीवन बीमालेखमा सबै बीमा अवधिहरुका लगि कम्पनीले २० रुपैयाँ बोनस दिएको छ । १०, १२ र १४ वर्षको सम्मका लागि ५० रुपैयाँ बोनस दर तोकिएको कम्पनीले जनाएकाे छ ।

त्यसैगरी रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा अन्तर्गत १६, १८ र २० वर्षको लागि ५५ रुपैयाँ बोनस दर कायम गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी, उल्लेखित बोनस दर मूत्यु दाबी पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी समर्पण मूल्यन दाबी भुक्तानी मूल्य तथा चालु बीमालेखमा समेत लागु हुनका साथै अर्को बीमाङ्कीय मूल्यांकन प्रतिवेदन बीमा समितिबाट स्वीकृत नभएसम्म भुक्तानी गर्ने सम्पूर्ण दाबीहरुमा समेत सोही अनुसारको बोनस दर कायम गरिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ भदौ १० शुक्रवार १४:१२ मा प्रकाशित

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...