back
CTIZAN AD

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

वि.सं.२०७९ भदौ ११ शनिवार

831 

shares

वासुदेव पौडेल, गण्डकी । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ ।

तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटक माझ पु¥याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवद्र्धनलाई जोड दिएको वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङले बताए । सिक्लेसबाट कफुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको उनले बताए ।

हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कफुचेसम्मका लागि अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको उनले बताए । उक्त क्षेत्रमा घोडचढी व्यवसाय सञ्चालन गर्न चाहनेले ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्न पाउँछन् । “गाउँपालिकाले अफ्नो नीति तथा कार्यक्रममा उक्त अनुदानको कार्यक्रमलाई समेटेको छ”, वडाध्यक्ष गुरुङले बताए । “यो सँगै स्थानीयको रोजगारी प्रवद्र्धन एवं सिक्लेस र कफुचेबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने छ ।”

अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको सो तालमा पुग्ने जो कोही त्यहाँको सुन्दर दृश्यबाट लोभिने गरेका छन् । लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको तालको नीलो कञ्चन पानी मनमोहक छ । पछिल्ला वर्षमा उक्त क्षेत्रमा स्वदेशी एवं विदेशी पर्यटकको आगमन वर्षेनी बढ्दै गएको छ ।

ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो आएर सो ताल बनेको अनुमान गरिन्छ । उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहेपनि अहिले भने छैनन् । कफुचे नामाकरण सम्बन्धमा स्थानीयको आफ्नै तर्क छ ।

स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ । स्थानीयका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा वर्षेनी बढ्दै गएको जलवायु परिर्वतको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासीको तर्क छ ।

स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख गन्तव्य बन्न सक्ने कफुचे हिमतालसम्म पुग्नका लागि बाटोलगायत पूर्वाधारलाई राज्यले प्राथमिकता दिनुपर्ने सिक्लेस–कफुचे मार्गस्थित हुँगुमा होटेल आइसफल चलाउँदै आएका पर्यटन व्यवसायी कृष्ण गुरुङले बताए ।

सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हिड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ ।

आज भन्दा डेढ दशक अघिसम्म १०÷१५ वटासम्म भेडी गोठ रहेको हुँगुमा अहिले भने त्यस्ता गोठ छैनन् । तीन वर्ष अघिसम्म स्थानीय मेजा गुरुङले भेडी गोठ सञ्चालन गर्दै आए पनि उनले पनि तीन वर्षयता भेडी गोठ छोडेर होटेल व्यवसाय गर्न लागेका छन् । । सिक्लेस हुँदै कफुचेसम्मको पदयात्रा प्रवद्र्धन गर्न सकेमा ठूलो सङ्ख्यामा स्वदेशी एवं विदेशी पर्यटक भित्र्याउन सकिने बताउँदै गुरुङले पदयात्रा मार्गलाई भने व्यवस्थित गर्नु जरुरी रहेको बताउनुभयो । कतिपय स्थानमा बाटो अप्ठ्यारो भएका कारण यसतर्फ राज्यले ध्यान पु¥याउनुपर्ने उनको भनाई छ ।

पोखराबाट छोटो दुरीमा रहेको कफुचे हिमतालसम्मको पदयात्रालाई प्रवद्र्धन गर्नु आवश्यक रहेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका प्रथम उपाध्यक्ष धर्म पन्थीले बताए । “जथाभाबी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू मासिँदै गएका अवस्थामा सिक्लेसदेखि कफुचेसम्मको पदमार्गलाई व्यवस्थित गरिनु आवश्यक छ”, उनले भने, “छोटो दुरीमा रहेको यस हिमतालसम्मको पदमार्गलाई पर्यटन बजारमा चिनाउन सकेमा यस क्षेत्रको पर्यटकीय विकासमा थप टेवा पुग्ने देखिन्छ ।”

वि.सं.२०७९ भदौ ११ शनिवार १०:०२ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...