back
CTIZAN AD

माओवादीद्धारा मन्त्रिपरिषद् समावेशी बनाउन शाह र कामी मन्त्रीमा सिफारिस

वि.सं.२०७९ भदौ ११ शनिवार

753 

shares

कर्णाली । मन्त्रिपरिषद्लाई समावेशी बनाउन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले सदस्य कृष्णा शाह र रातो कामीलाई मन्त्रीमा सिफारिस गरेका छन् । यसअघि सुर्खेत उच्च अदालतले प्रादेशिक सरकार समावेशी नभएको भन्दै समावेशी बनाउन आदेशसहित परिपत्र गरेको थियो । दलको शुक्रबार बसेको बैठकले शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री कहाँ सिफारिसपत्र पठाएको छ ।
यसका लागि माओवादी केन्द्रले आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो । केन्द्रका अनुसार शाह योजनामन्त्री र कामी ऊर्जा विकासमन्त्री बन्ने भएका छन् ।

प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको जानकारी दिँदै उक्त ससदीय दलका अध्यक्ष विमला केसीले बहालवाला मन्त्रीद्वय सक्षम हुँदाहुँदै पनि मन्त्रिपरिषद् समावेशी बनाउने उद्देश्यले शाह र कामीलाई मन्त्रीमा सिफारिस गरिएको बताइन् । “सकेसम्म मुख्यमन्त्री तथा सत्ता गठबन्धनभित्रका अन्य दलले मन्त्रिपरिषद् समावेशी बनाए हुन्थ्यो”, उनले भनिन्, “समानुपातिक र समावेशी सिद्धान्तको एजेण्डाको प्रमुख नेतृत्वकर्ता माओवादी भएकाले सरकारमा महिलाका तर्फबाट शाह र दलितबाट कामीलाई पठाउने निर्णय भएको हो ।” शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुमपश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

दुई प्रदेशसभा सदस्यले पार्टीबाट राजीनामा दिएपछि हाल कर्णाली प्रदेशसभामा माओवादीका ११ सदस्य छन् ।

वि.सं.२०७९ भदौ ११ शनिवार १२:२४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...