काठमाडौं । सानिमा बैंकले आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने जनाएको छ ।
हालै मात्र नेपाल धितोपत्र बोर्डले सीआश्वा शुल्क अधिकतम ५ रुपैयाँ मात्र लिन पाईने ब्यबस्था गरेको हो । अधिकतम ५ रुपैयाँ लिन सकिने ब्यबस्था भए पनि बैंकले यी सेवा निशुल्क दिने भएको हो । बोर्डले ५ रुपैयाँ मात्र लिन सकिने नियम बनाएपछि कतिपय बैंकहरुले यो सेवा निशुल्क दिन थालेका हुन् ।
बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा आवश्यक संशोधन गरे आश्वा शुल्क बारे नयाँ ब्यबस्था गरेको हो । धितोपत्रको सार्वजनिक निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनिय बृद्धि आएको तथा लगानीकर्ताबाट समेत सार्वजनिक निष्काशनमा लाग्ने लागत बढि भएकोले सोमा परिमार्जन गर्न सुझाव प्राप्त भएको सन्र्दभमा धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीमा लाग्ने लागतलाई लगानीकर्ता मैत्री वनाउँदै यस प्रक्रियामा लाग्ने सेवा शुल्कलाई समयानुकुल समायोजन गर्न आवश्यक रहेकोले बोर्डले “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३” मा तेस्रो संशोधन गरेको बोर्डले जनाएको छ ।
कुमारी बैंकले यस अघिनै निशुल्क आईपीओ भर्न पाइने व्यवस्था गरेको छ ।
वि.सं.२०७९ भदौ ११ शनिवार १३:०३ मा प्रकाशित


























