back
CTIZAN AD

पाकिस्तानमा बर्षाजन्य घटनाका कारण एकैदिन ४५ को मृत्यु, ११३ घाइते

वि.सं.२०७९ भदौ १२ आइतवार

606 

shares

इस्लामावाद । पाकिस्तानमा बर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ ।

घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अत्यधिक बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो लगायतका घटना भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बर्षाको सबैभन्दा बढी असर सिन्ध प्रान्तमा परेको देखिएको छ । सिन्ध प्रान्तमा मात्रै पछिल्लो एक दिनमा ३३ जनाको मृत्यु भएको छ भने अरु ९८ जना घाइते भएका छन् ।

पछिल्लो समय पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या नौ सय ८२ पुगेको प्राधिकरणले जनाएको छ ।

पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्षासँगै बढी पहिरो सुरु भएको हो । यस अवधिमा एक हजार चार सय ५६ जना घाइते भएका छन् । बाढी पहिरोका कारण अरु हजारौँ मानिस विस्थापित र प्रभावित भएका छन् ।

त्यसैगरी छ लाख ८२ हजार एक सय ३९ घर क्षतीग्रस्त भएका छन् भने १४९ पुल भत्किएका छन् । प्राधिकरणका अनुसार १२२ पसल तथा व्यवसायीक प्रतिष्ठानका भवनहरुमा पनि क्षति पुगेको छ ।

लगातारको बर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र मानवीय तथा भौतीक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको हो ।

सरकारले बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रीत गरिने जनाएको छ ।

पाकिस्तानमा अहिले अस्वभाविक रुपमा बर्षा भएको र त्यसको असर पनि अस्वभाविक नै रहेको अधिकारीहरुले जनाएका छन् ।

बाढी पहिरोका कारण हजारौँ मानिस घरबार विहिन भएको र उनीहरु मध्ये कतिपय अझै पनि अस्थायी शिविरमै रहेको प्राधिकरणले जनाएको छ ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ । उनीहरुले घटनास्थलमा दयनीय अवस्था रहेकाले धेरै सहयोग सामग्रीहरुको आवश्यकता रहेको बताएका छन् । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ भदौ १२ आइतवार ०८:२८ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...