back
CTIZAN AD

महानगरले खाली गरायो न्यूरोडको सुरज अर्केड बेसमेन्टका पसलहरु

वि.सं.२०७९ भदौ १३ सोमवार

1.4K 

shares

काठमाडौं । काठमाडौं महानगरले न्यूरोडस्थित व्यापारिक भवन सुरज अर्केडको बेसमेन्टमा राखिएका पसलहरू खाली गराउन थालेको छ ।

अनधिकृत रुपमा सञ्चालनमा रहेका पसलहरु महानगरको टोली पुगेपछि हटाउन सुरु गरिएको हो । अहिले व्यापारी स्वयम्ले धमाधम पसल खाली गरिरहेका छन् ।

पसल खाली गरेपछि अवैध संरचना भत्काउने महानगरको तयारी छ ।

महानगरले गत साउन २ मा पार्किङ्गका लागि भनेर स्वीकृत गरिएका बेसमेन्ट, सेमीबेसमेन्ट, भूइँतलालाई अन्य प्रयोजनमा प्रयोग गरेको पाइएपछि ३५ दिने सूचना निकालेर खाली गर्न निर्देशन गरेको थियो । तर, सूचनालाई बेवास्ता गरेको पाइएपछि महानगर आफैंले त्यस्ता संरचना हटाउन लागिपरेको हो ।

महानगर प्रमुख बालेन्द्र शाहको नेतृत्वमा गत सोमबारदेखि नयाँ बानेश्वरबाट बेसमेन्ट खाली गर्ने अभियान चलाइएको थियो ।

वि.सं.२०७९ भदौ १३ सोमवार १२:११ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...