back
CTIZAN AD

सिन्धुपाल्चोक, काभ्रे, चितवन र दोलखामा बुद्धिजीवीको संगठन अभियान

वि.सं.२०७९ भदौ १३ सोमवार

765 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनले संगठन निर्माण अभियान तिव्र पारेको छ ।

संगठनका वाग्मति प्रदेश सचिव भरत गौतमका अनुसार प्रदेशका ११९ पालिका मध्ये ७७ स्थानीय तहमा संगठन निर्माण भएको छ ।

सिन्धुपाल्चोकको खाडिचौरमा तीन पालिकाको भेला
शंकर पराजुलीको अध्यक्षता, रुद्र प्रसाद नेपालको संचालन, चमेली पराजुलीको स्वागत मन्तब्य, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य अमृता नेपालको प्रमुख आतिथ्यता, संगठनका केन्द्रीय सहसंयोजक नीलकण्ठ तिवारी र कार्यालय सदस्य कृष्ण कोपिलाको बिशिष्ट आतिथ्यता तथा संगठनका केन्द्रीय सदस्य गोपाल खडका, नेकपा माओवादी केन्द्र बलेफीका अध्यक्ष लेख बहादुर सुवेदी, बलेफी काठमाण्डौ संपर्क मंचका सुवास तामांग, शुक्र आचार्य लगायतको आतिथ्यतामा सम्पन्न खाडिचौर भेलामा बसन्त भण्डारी, काजी लामा, ज्ञानेन्द्र नेपालले संगठनात्मक रिपोर्टींग सहित मन्तब्य राखेका थिए ।

No description available.

भेलाले लाल बहादुर तामांगको अध्यक्षतामा लिशंखुपाखर पालिका समिति, बसन्त भण्डारीको अध्यक्षतामा सुनकोशी र कमल पौडेलको अध्यक्षतामा बलेफी पालिका समिति चयन गरेको छ । केन्द्रीय सदस्य गोपाल खड्काका अनुसार दुवै संघीय निर्वाचन क्षेत्रका सबै पालिकामा संगठन निर्माणको योजना बनिसकेको छ ।

काभ्रेका चार पालिकाको बनेपामा भेला
तिर्थ पन्तको संचालन, तिलक पाण्डेको स्वागत मन्तब्य, चन्द्र प्रसाद मैनालीको अध्यक्षता, नेकपा (माओवादी केन्द) की नेतृ रुकु चौलागाईको प्रमुख आतिथ्यता तथा प्रदेश खेलकुद मन्त्री रत्न ढकाल, संगठकहरु भरत गौतम, गुणराज गौतम तथा माओवादीको काभे्र संयोजक भोला अर्याल तथा यल वी घिसिङ, उद्दव पौडेल, कान्छाराज गिरी, यज्ञ पन्त, चेत बहादुर लामा, बालकृष्ण सापकोटा, गोपाल घिमिरे लगायतको उपस्थितिमा सम्पन्न सो भेलाले बनेपा, धुलिखेल, पनौति र खानिखोलामा पालिका समिति निर्माण गरेको छ ।

No description available.

बुद्धिजीवी नेता कान्छाराज गिरीका अनुसार बनेपामा राजेश घिमिरे अध्यक्ष तथा उपाध्यक्ष मोहन गुरागाई, सचिब नारायण दाहाल, सदस्य रघुनाथ सुवाल, चन्द्रमान श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, विश्व प्रसाद दाहाल, नवराज अधिकारी र उद्दव प्रसाद पौडेल रहेको पालिका समिति निर्माण भएको छ ।

यसैगरी धुलिखेलमा अध्यक्ष नेत्र प्रसाद सापकोटा, सचिब चेत बहादुर लामा तथा सदस्यमा लक्ष्मण प्रसाद आचार्य, आर वि शर्मा, केशव मिजार, यस के थापा, विश्व अधिकारी, बालकृष्ण सापकोटा, कृष्णहरि हुमागाई, पुर्णमाया लामा, खड्क पन्त निर्वाचित भएका छन् ।

पनौती नगरपालिकामा अध्यक्ष नारायण बहादुर खड्का, उपाध्यक्ष प्रदिप खड्का, सचिब रामहरि भण्डारी, सदस्य कुमार कार्र्की, सुरज खड्का, विदुर थापा, जीवन कुमार नेपाल, अशोक के सी, मदन कुमार श्रेष्ठ समितिमा रहेका छन् ।

यसैगरी खानीखोला गाउपालिकामा अध्यक्ष प्रेम प्रकाश लामा, उपाध्यक्ष अर्चना अस्थानी, सचिब कुमार दर्लामी, सदस्य रिल बहादुर थिङ, वीर बहादुर वाईवा, दुधराज थापामगर, नर बहादुर थिङ, बिष्णु माया तामाङ रहेका छन ।

दोलखाको भिमेश्वरमा समिति गठन
दोलखाको भिमेश्वरमा नारायण बुढाथोकीको अध्यक्षतामा सम्पन्न भेलाले नया कार्यसमिति चयन गरेको छ ।

ब्रजुराम घतानीको प्रमुख आतिथ्यता, कमल श्रेष्ठ, तारानाथ चौलागाई, रुक्मणी शिवाकोटी, राजु श्रेष्ठ, महेन्द्र नारायण श्रेष्ठ, अजय प्रधान, राजु नेपाली, बिशाल सुबेदी, कुमार तामांग, रत्न तामांग, मसिनी तामांग,सुरज बस्नेत सुनकाजी खत्री, कृष्ण बहादुर थापा, रमेश थापा, बिजय थामी, जीतेन थामी, गंगा थामी, सोम थामी, नारायण घिमिरे, कमल प्रसाद श्रेष्ठ, रविन्द्र नारायण श्रेष्ठ, सुरज तामांग, भीमलाल फुयाल, ललित लामा, कमलकृष्ण घिमिरे, रामजी चौलागाईँ, प्रेम बहादुर श्रेष्ठ, अर्जुन अधिकारी, बद्रि बस्नेत, महेश्वर बस्नेत, पुर्ण न्यौपाने, सृजना श्रेष्ठ, ईश्वर खडका, लाल बहादुर घतानी लगायतको उपस्थितिमा सम्पन्न भेलाले शिवजी प्रधान अध्यक्ष, रामजी चौलागाई सचिव, सृजना श्रेष्ठ कोषाध्यक्ष तथा सुरज तामांग, भीमलाल फुयाल, ललित लामा, कमलकृष्ण घिमिरे, रामजी चौलागाई, अर्जुन अधिकारी, बद्रि बस्नेत, महेश्वर बस्नेत, पुर्ण न्यौपाने, सृजना श्रेष्ठ, ईश्वर खडका, लाल बहादुर घतानी जीतेन थामी, नारायण घिमिरे, जनार्दन खडका, सरीता बुढाथोकी सदस्य रहेका छन् ।

यसैगरी दोेलखा जिल्लाको कालिञ्चोक गापामा महेश खड्काको अध्यक्षतामा सात सदस्यीय नेपाल बुद्धिजीवी संगठनको पालिका समिति गठन भएको समाचार प्राप्त भएको छ ।

चितवनको माडीमा समिति गठन
चितवन जिल्लाको माडि नगरपालिकामा नेपाल वुद्धिजीवी संगठनको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

डा प्रेम सागर भण्डारीको अध्यक्षता, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर ढकालको प्रमुख आतिथ्यता, माओवादी नेताहरु डण्डापानि पौडेल, प्रभु महतो, ऋषिराम काफ्ले, संगठनका केन्द्रीय सदस्य विनोद खण्ड तिमिल्सिना, प्रदेश सदस्यहरु केदार वराल, गोकर्ण सापकोटा लगायतको उपस्थितिमा वसन्तपुर वजारको माडि क्याम्पसमा सम्पन्न सो सम्मेलनको सञ्चालन नेपाल वुद्धिजीवी संगठन माडि नगर संयोजक देव अन्जान शाहले गरेका थिए ।

माडी नगर समितिको अध्यक्षमा भागिरथ वस्याल, उपाध्यक्षमा क्षेत्र प्रसाद देवकोटा, प्रमिला महतो, अनुप तिवारी, सचिव डा कृष्ण महतो, सहसचिव मणिराम महतो, चिरञ्जीवी तिवारी, कौशिला भण्डारी, कोषाध्यक्षमा टिकाराम पौडेल लगायत २७ जना रहेका छन् । यसैगरी सल्लाहकारमा देवनारायण शाह, आईतराम बोट, सुरेश थापा मगर, माधव सुवेदी र गोविन्द दवाडी रहेका छन् ।

 

वि.सं.२०७९ भदौ १३ सोमवार १२:४७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...