back
CTIZAN AD

ओली नै किन भावी प्रधानमन्त्री ? एमालेका ६ कारण यस्ता

वि.सं.२०७९ भदौ १३ सोमवार

1.1K 

shares

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेको दाबी गर्दै भावी प्रधानमन्त्रीका रुपमा एमालेले उनलाई उभ्याएको बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा साेमबार आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारण बताएका हुन् ।

उनले ओली एमालेको सबैभन्दा मुल्यवान सम्पति भएकाले पनि उनलाई जनतामाझ खडा गरेको बताए । कार्यक्रममा उनले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारमा जत्ति कसैले पनि नगरेको बताए । यसकारण उनलाई विकास र निर्माणको संवाहक मान्दै अघि सारेको बताए ।

दुई पटक प्रधानमन्त्री भइसकेका ओलीले गरेका कामलाई आधार उनको व्यक्तित्वलाई लिएर प्रधानमन्त्रीको रुपमा अघि बढाइएको रिजालले बताएका छन्। रिजालले ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको ६ कारण बताएका छन् ।

उनले प्रस्तुत गरेका ६ कारण यस्ता

१. आधुनिक नेपालको ७५ वर्षको इतिहास हेर्दा ओली नेतृत्वको सरकारले गरेजति पनि काम नभएको र केही अपूरा भएकाले बाँकी रहेको विकास र समृद्धिका अधुरो सपना केपी ओलीको नेतृत्वमा पुरा गर्न ।

२. राष्ट्रिय स्वभिमानको प्रवर्द्धकको रुपमा केपी ओलीको नेतृत्व आवश्यकता रहेकाले ।

३. वैदेशिक शक्ति सन्तुलनका हिसाबले एउटा सेतुको रुपमा रहेका ओलीले काम गरेकोले, त्यो उचाईको नेताको अवश्यता देखिएकोले ।

४.अन्तर्राष्ट्रिय मञ्चमा केपी ओली जतिको अग्लो व्यक्तिव अहिलेसम्म नेपालले प्राप्त गरेको छैन। समकालीन विश्वका नेतामध्ये केपी ओलीको व्यक्तित्व कम छैन। यो नै ओली प्रधानमन्त्री हुनु पर्ने बलियो कारण ।

५. केपी ओली इतिहासको व्यख्यता मात्र हैन नेपालको कम्युनिष्ट आन्दोलनको निर्माता पनि हो। कम्युनिष्ट आन्दोलनलाई विकाससँग जोड्ने र समृद्धिको यात्रामा लाने सूत्रधार रहेकाले ।

६. संघर्ष, त्याग र निरन्तरताको पर्याय रहेका र नेपालका समकालीन नेताहरूमध्ये उच्च र सक्षम नेतृत्वकर्ता रहेकाले ।

वि.सं.२०७९ भदौ १३ सोमवार १५:५२ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...