back
CTIZAN AD

नेकपा एसले आगामी निर्वाचनका लागि काभ्रेपलान्चोकमा अघि सार्यो यी उम्मेदवार

वि.सं.२०७९ भदौ १४ मंगलवार

1.7K 

shares

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा उम्मेदवार छनोट गरेको छ । पार्टीले जिल्लास्थित दुई प्रनिनिधिसभा र चार प्रदेशसभा क्षेत्र निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार छनोट गरेको हो । पार्टीको क्षेत्रीयस्तरका निर्वाचन कमिटिले दुवैतर्फका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको जनाइएको छ ।

दुई प्रनिनिधिसभा र चार प्रदेशसभा क्षेत्र निर्वाचनका लागि क्षेत्रीयस्तरबाट उम्मेदवारमा सिफारिस भइआएका नामावलीलाई जिल्ला कमिटीको बैठकमार्फत अन्तिम रूप दिई केन्द्रीय कमिटीमा सिफारिस गरिने पार्टीका जिल्ला सचिव गोकुल गौतमले बताए । पार्टी केन्द्रीय कमिटीले दुवैतर्फका उम्मेदवारको नाम यही भदौ १२ गतेभित्र जिल्ला कमिटीमा र १५ गतेभित्र केन्द्रीय कमिटीमा सिफारिस गर्न जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा कमिटीलाई निर्देशन दिएको थियो ।

“केन्द्रीय कमिटीको समयसीमाभित्रै उम्मेदवार सिफारिस गर्ने तयारी भइरहेको छ”, गौतमले भने । सोहीअनुसार पार्टीको क्षेत्रीय कमिटीको बैठकले काभ्रेपलाञ्चोकको दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ लाप्साङ लामा पाख्रिन, समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटा तथा समानुपातिकतर्फ मङ्गललाल श्रेष्ठ, लोकबहादुर गौतम, ज्ञानेन्द्र तामाङ, निशा लाम, दोर्जे लामा र पाल्साङ लामाको नाम उम्मेदवारमा सिफारिस गरिएको हो ।

यस्तै प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ मुकुन्द गौतम तथा समानुपातिकतर्फ प्रदीप लामा, पासाङ डोल्मु लामा, यशु लामा र प्रताप लामा सिफारिस गरिएको जनाइएको छ । गौतम पार्टीको केन्द्रीय सदस्य छन् ।

त्यस्तै प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ पुष्कर तिमल्सिना, कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा र सञ्जिता लामा रहेका छन् । समानुपातिकतर्फ भने कृष्ण लामा, रामदेवी तामाङ र सरोज कुँइकेलको नाम सर्वसम्मत् सिफारिस गरिएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य विदुर सापकोटालाई सर्वसम्मतले सिफारिस गरिएको छ । यस क्षेत्रमा समानुपातिकतर्फ तुयुकाजी ताम्राकार, तेजबहादुर खड्का, लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, विना परियार, पदमबहादुर परियारसहितका आकांक्षीको नाम सिफारिस गरिएको हो ।

यस्तै सिफारिस समितिले प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईं तथा समानुपातिकतर्फ राजकृष्ण गिरी, दिलबहादुर तामाङ, मन्जु श्रष्ेठ र प्रेम तामाङलाई उम्मेदवार सिफारिसको निर्णय गरेको हो । त्यस्तै प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ लक्ष्मण लम्साललाई सर्वसम्मतले सिफारिस गरेको छ । समानुपातिकतर्फ भने वीरबहादुर तामाङ, हरिगोपाल प्रधानाङ्ग र कल्पना श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेको जनाइएको छ ।

वि.सं.२०७९ भदौ १४ मंगलवार ०७:५४ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...