back
CTIZAN AD

विद्युत् चुहावटमा संलग्न बीस पक्राउ

वि.सं.२०७३ चैत १४ सोमवार

777 

shares

१४ चैत, सुरुङ्गा (झापा)  । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत् चुहावटमा संलग्न सात महिलासहित २० जनालाई पक्राउ परेका छन् ।

नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतबार राति उनीहरुलाई विद्युत् चोरी गर्दागर्दै विद्युतीय उपकरणसहित पक्राउ गरिएको अनारमनी वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिनुभयो । सिंहका अनुसार उनीहरुलाई सुरुङ्गाको प्रजापति टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।

उनीहरुका साथबाट टोलीले सिँचाइको मोटर, त्यसमा प्रयोग गरिने विद्युतीय तार बरामद गरेको छ । त्यस्तै हुकिङ गरेर घरमा जडान गरिएको तार, मिटर समेत बरामद गरिएको प्राधिकरणका इञ्जिनियर धीरेन्द्र बजगाईंले जानकारी दिनुभयो ।

विद्युत् चुहावट नियन्त्रण ऐनअन्तर्गत उनीहरुमाथि कारबाही अघि बढाइने नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्र प्रमुख सिंहले बताउनुभयो ।

वि.सं.२०७३ चैत १४ सोमवार ०४:१८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...