back
CTIZAN AD

मास्कोमा नेपाली कविहरुद्वारा कविता बाचन

वि.सं.२०७३ चैत १४ सोमवार

684 

shares

kabita-diwas-mascow--2

मास्को, २१ मार्च २०१७ (मङ्गलवार) । मास्कोको केन्द्रमा अवस्थित मास्को राजकीय मानविकी विश्वविद्यालयको केन्द्रीय भवनस्थित सांस्कृतिक सभाकक्षमा युनेक्सोको निर्णयअनुसार हरेक वर्ष वसन्तागमनका साथै विश्वभरि नै मनाइने कविता दिवसको सन्दर्भमा भव्य समारोहको आयोजना गरिएको थियो । यस कविता समारोहमा प्रमुख अतिथिको रूपमा रूसका लागि नेपाली राजदूत रिषिराम घिमिरे र यसै पंक्तिकारलाई पनि निम्त्याइएको थियो ।

सन् १९६५ मा साहित्यको क्षेत्रमा नोबल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक मिखाइल अलेक्सान्द्रोभिचशोपोखोभको नामबाट विभूषित यसै विश्वविद्यालयका रेक्टर (कुलपति), इतिहासशास्त्रका महाविद्यावारिधि, प्रोफेसर भ्लादिमिर नेचाएभले कविता दिवस समारोहमा उपस्थित भारत, नेपाल, बंगलादेशक राजदूतत्रयका साथै सबै सहभागीहरूको हार्दिक स्वागत गर्दै झोमोलुङ्मा आफ्नै ठाउँमा रहेको नेपाली सहभागीको अभिव्यक्ति अनुरूप विश्व कविता दिवस पनि अडिग र उच्च स्तरमा सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दै मास्को मानविकी विश्वविद्यालयमा विश्व कविता दिवसको समुद्घाटन गरेका थिए ।
रूसका लागि भरतीय राजदूतपंकज शरणबाट मास्को राजकीय मानविकी विश्वविद्यालयको दक्षिण एशिया विभागका निर्देषक अलेक्सान्द्र स्तोल्यारोभ जस्ता विद्वान प्रोफेसरलाई कविता समारोहमा आफ्नो दोभाषेको रूपमा पाएकोमा हर्ष प्रकट गर्दै रूस (सोभियत संघ) र भारतबीच दौत्य सम्बन्ध स्थापनाको ७० वर्षको इतिहासमा सदैव सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यस महत्वपूर्ण अवसरमा रूसमाभारतीय राजदूतावासको तर्पmबाट आयोजना गरिने कार्यक्रमहरूमा भाग लिन कविता दिवसका सबै सहभागीहरूलाई निम्त्याइएको थियो ।

रूसमा भारतीय समाजका अध्यक्ष काश्मिर सिंहले सात दशक जति अघि नै मास्कोमा स्थापित हिन्दुस्तानी समाजले आज भारतीय कमाजको रूपका कामगर्दै रूसमा भारतीयहरूलाई एकबद्ध पार्न र विभिन्न सांस्कृतिक कार्यक्रमको माध्यमबाट रूसी जनतासंग मैत्री सम्बन्ध दरिलो पानै समाजले गरिरहेको क्रियाकलापबारे संक्षेपमा बताएका थिए ।
बंगाली कवयत्री कृष्णा रायले बंगालीभाषामा पुश्किनप्रति समर्पित कविता वाचन गरेकी थिएन् ।

kabita-diwas-mascow--1मास्को राजकीय मानविकी विश्वविद्यालयमा आयोजित भव्य कविता समारोहमा यस पंक्तिकारलाई पनि आफ्नो मन्तव्य प्रस्तुत गर्ने अवसर प्रदान गरिंदा रूस महासंघमा हाम्रा आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्ती मनाउन आयोजना गरिएको समारोह समितिको अध्यक्षको हैसियतले रूसमा रहेका साहित्यानुरागी नेपालीहरूलाई संगठित गरी रूस भूमिका हाम्रा आदिकविको प्रतिमा स्थापनाका साथै नेपाली र रूसी भाषामा कतिपय पुस्तकहरू समेत प्रकाशित गर्ने सूचित गर्दै भानुभक्त आचार्यका फुटकर कविताहरू र केही काव्यहरू समेत समावेश गरिएको द्विभाषिक (नेपाली तथा रूसी) ग्रन्थ ‘लोक्को गरूँ हित् भनी’ का साथै रूसी भाषामा बीसौं शताब्दीको नेपाली साहित्यिक चिन्तनको सम्यक’ परिचय दिने ग्रन्थ ‘स्रष्टा र साहित्य’ तथा मैथिली लोककथाकार गोनु झाका ‘कथा कुथुङ्ग्री’ एव. नेपाली भाषामा रूसी महाकवि अलेक्सान्द्र पुश्किनका कविताहरूका साथै ‘रुसाल्का’, ‘मोजाट र साल्यारी’ र ‘जिप्सी’ काव्ययीसहित ‘रुसाल्का’ शीर्षकमा प्रकाशित पुस्तकहरूको प्रदर्शन गर्दै नेपाल र रूस .सोभियत संघ) का बीच दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्तीको उपलक्ष्यमा काठमाडौंमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना भएकै दिन लोकार्पण गरिएको ‘रुसाल्का’ संग्रहबाट पुसश्कनका ‘…प्रति’ र ‘सालिक’कविता नेपालीमा वाचन गरेको थिएँ र अन्त्यमा पुश्किनकै ‘सालिक’कविताको एउटा श्लोकमानृ वंशात्मकनामहरू मात्र हेरफेर गरेर निम्नानुसार सुनाएको थिएँ:
नेपालभरि नै होलाचर्चा मेरो प्रतिक्षण ।
भाषामा सबको होला मेरो नै नामगुञ्जन ।।
थारू, किरात, नेवार, गुरुङ्, तामाङ्, मगर्, खश,
हिमाल्, पहाड्, मधेशवासी मेरो फैलाउन यश ।।
यसप्रकार औपचारिक खण्डको समाप्तिपश्चात् मास्कोस्थित जवाहरुरलाल नेहरू संस्कृति केन्द्रको तर्पmबाट भारतीयत बजागाजा तथा सितार, हार्मोनियम, तबेला वादक रूसी संगीतज्ञहरूले भारतीय धून प्रस्तुत गरेका थिए ।

सांस्कृतिक कार्यक्रमको समाप्तिपश्चात् गतः कैयौ. महीनादेखि आयोजना गरिएका कविता प्रतियोगिताहरूमा विजयी भएका छात्रछात्राहरूको कवितावाचन सुरु भयो । रुसी भाषाका साथै विदेशी (खास गरी बंगाली र हिन्दी) भाषाहरूमा पनि कविताहरू गुन्जेका थिए । उत्कृष्ट कविता बाचनलाई पुरस्कृत गर्न प्रसिद्ध रूसी भारतविद् प्रोफेसर रोस्तिस्लाभ रिबाकोभको नेतृत्वमा परीक्षक दल गठन गरिएको थियो । त्यसमा जवाहरलाल नेहरु संस्कृति केन्द्रका निर्देशक जयसुन्दर, वैज्ञानिक कार्यकर्ता इरिना माक्सिमेन्को, गुल्या स्त्रेल्कोभाप्रभृति समावेश गरिएका थिए ।
विश्व कविता दिवसको अवसरमा मास्को राजकीय मानविकी विश्वविद्यालयको सांस्कृतिक कक्षमा वसन्तकालीन रमणीय साँझ निकैवेरसम्म विभिन्न भाषाहरूमा कविता गुञ्जायमान् भएका थिए ।

२२ मार्च २०१७,
मास्को, रूस महासंघ ।

वि.सं.२०७३ चैत १४ सोमवार ०५:२१ मा प्रकाशित

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...