back
CTIZAN AD

अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा छ लाख डलरमा जग्गा खरिद

वि.सं.२०७३ चैत १४ सोमवार

762 

shares

वासिङ्टन डिसी । नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् ।

बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील रहनुभएका र मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहनुभएका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको हो ।

“खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीहरुले शुक्रबार सम्पन्न गरेका छौँ,” घिमिरेले  भन्नुभयो – “अब यसको मर्मत सम्भार गरेर आगामी डिसेम्बरसम्ममा सञ्चालनमा ल्याउने सोच बनाएका छौँ । मर्मत सम्भार गर्न र पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।”

घिमिरेले दिनुभएको जानकारी अनुसार चार महिनाको अवधिमा मेरिल्यान्ड राज्यमा बसोबास गर्दै आएका ८०० परिवारको सहयोगमा रकम सङ्कलन गरिएको हो । छोटो समयमा यसरी रकम सङ्कलन गर्न सफल भएर नेपाली समुदायले महत्वपूर्ण सन्देश दिन सफल भएको छ ।

“हामीहरुले यो अभियानमा दोस्रो पुस्ताका युवायुवतीलाई समेत परिचालन गर्दै उनीहरुको संलग्नतामा यसलाई सफल बनाउन लागिपरेका छौँ,” घिमिरेले अगाडि थप्नुभयो – “पारदर्शिता, स्वच्छ कार्यशैली र समुदायको प्रतिबद्धताको कारणले हामी यो सम्पत्ति खरिद गर्न सफल भएका छौँ ।”

वि.सं.२०७३ चैत १४ सोमवार ०६:२२ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...