back
CTIZAN AD

चरित्र हत्या गर्ने काम बन्द गर्नु पर्दछ – एसी शेर्पा

वि.सं.२०७३ चैत १४ सोमवार

750 

shares

ac-sherpaगैरआवासिय नेपाली संघ अमेरिकाले भर्खरै सदस्यता वितरण कार्य सम्पन्न गरी नयाँ नेतृत्व छान्ने चरणमा प्रवेश गरेको छ । तर नयाँ नेतृत्व छान्ने दिन नजिकँदै गर्दा संघको केन्द्रीय नेतृत्वमा रहेका केही व्यक्तिहरुप्रति विभिन्न टिकाटिप्पणीहरु गरिएका छन् । यसै सन्दर्भमा यसअघि गैर आवासिय नेपाली संघ अमेरिकाजका क्षेत्रीय संयोजक सोनाम लामाले प्रेस वक्तव्य जारी गरी भ्रमहरुका बारेमा आफ्नो स्पष्टोक्ति दिइसकेका छन् । लामासँगै जोडिएका अमेरिकाज् क्षेत्रका क्षेत्रिय उपसंयोजक एसी शेर्पाले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । पढौँ शेर्पाद्वारा जारी विज्ञप्ती :

विज्ञप्तीको सम्पूर्ण पाठ :

गैरआवासिय नेपाली संघ विश्वभर ७५ देशमा स्थापित प्रवासी नेपालीहरुको साझा सस्था हो। जुन उदेश्यका साथ यो संस्था स्थापना भयो र हालसम्म यस संस्थाले आफ्नो गरिमामय दायित्व पुरा गरिरहेको यहाँहरुलाई विदितै छ। एनआरएनले आफ्नो कर्तव्यप्रतिको लगनशिलता र ईमान्दारिताले आर्थिक उन्नतिमा नेपाल र नेपालीको आस्थाको केन्द्रविन्दु बन्न सफल भएको छ । चाहे भुकम्पका बेला होस वा लगानीका विषयमा होस मातृभुमिप्रति एनआरएनले खेलेको भुमिका निकै सह्रानीय छ। अझै समृद्ध नेपाल निर्माणमा एनआरएनको भुमिका उत्तिकै आवश्यक पनि छ।

संस्था स्थापनादेखि हालसम्म जसरी तीव्रतर रुपमा संस्थाले सदस्यता सख्यासंगै विश्वासनीयता पनि उत्तिकै बढाउँदै लगेको छ। यसैले होला राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अध्यक्ष शेष घलेले एनआरएन अमेरिकाको भुमिका र काममा प्रसंसा प्रकट गर्दै आउनु भएको छ। त्यहि सिलसिलामा विश्वकै समृद्धशाली मुलुक अमेरिकामा नेपालीहरुको संस्थाहरु बढेसंगै सबैभन्दा अग्रगतिमा नेपाली समुदायमा एनआरएनले आफ्नो गरिमामय उपस्थिति देखाउँदै आएको छ। यसैबेला भर्खरै एनआरएन अमेरिकाको सदस्यता वितरण कार्य सम्पन्न भएको र नयाँ नेतृत्व छान्ने चरणमा प्रवेश गर्दैछ। यहि समय संस्थामा भए नभएका विविध विषयले चर्चा पाएको छ। त्यो चर्चा र विवादका कुराहरुमा म स्वयं यस अमेरिकाज् क्षेत्रको उपसंयोजक (DRC) पदमा रहेको बेला मेरो नामसँग गासिएर आएकोले मैले केही विषयमा प्रष्ट पार्नु आवश्यक ठान्दै यो वास्तविकता सार्वजनिक गरेको छु। हुन त यसै क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाज्यूले पनि यस विषयमा स्पष्ट पारेको नै हो तर पनि सोही विषयमा समर्थन गर्दै मेरो पनि भनाई राख्न चाहन्छु।

स्वाभाविक रुपमा संस्थाको आयतन र माग बढ्दै जाँदा हुने गतिविधिहरु संस्थामा आवद्ध सबैका लागि सधै अनुकुल नहुन सक्छ तर कसैले संस्थाको गरिमालाई नै कुठाराघात हुने गरी कुनै पनि काम गर्दछ भने त्यो संस्थाको अहितमा हुने कुनै पनि काम कारबाही मान्य हुनुहुँदैन। संस्थाको विधानले दिएको अधिकारबाट सबैजना इच्छित व्यक्तिहरु सदस्य बनेका छन त्यसमा अनावश्यक हल्ला गरिरहनु उचित नहोला, संस्थामा गलत कार्य नहोस भन्नका खातिर संस्थाका विकास गरेका मुल्य र मान्यता र गरिमालाई संस्थामा आवद्ध सबैले अक्षरस पालना गर्नु पर्दछ। संस्थामा देखा परेका जे जति विवादका विषयहरु छन त्यसको निरुपण गर्ने संस्थाद्धारा स्थापित विधि विधान र निश्चित मान्यताहरु भएकोले सोही अनुसार समाधान हुनेछन भन्ने कुरा विश्वास दिलाउन चाहान्छु।

आखिर बाहिरी हल्ला र सामाजिक सञ्जालमा भनिए जस्तो अनावश्यक काम नत संस्थामा भएका छन नत त्यस्ता हल्लामा भनिएको जस्तो काम गर्ने छुट कसैलाई छ। त्यसैले सबैले सकेसम्म संस्थाको हितका लागि काम गरौ, सकिन्न भने अरुले गरेको काममा बिरेध मात्रै होईन सुझावसहितको समर्थन पनि जरुरी छ। जहाँसम्म मसहित सहभागी भएको एक अनौपचारिक बैठकका नाममा अनावश्यक हल्ला गरियो त्यो आफैमा अध्यक्ष पदका आकांक्षी गौरी जोशीज्यूले खण्डन गरिसक्नु भएको सन्र्दभमा मैले अरु कुरा भन्न जरुरी छैन।
त्यसैले सकेसम्म सर्वसम्मत नेतृत्वका लागि यहि क्षेत्रको उपसंयोजकका नाताले मैले नेतृत्वका लागि आकांक्षी साथीहरुलाई सुझाव दिएको हुँ। अहिले पनि म त्यो मान्यतामा अडिग छु र यदि सर्वसम्मत नहुँदा चुनाव हुने कुरा स्वयमसिद्ध कुरा हुन । अन्यथा प्रचार गरिए जस्तो नत कतै भएकै छ नत मेरो वा हाम्रो संलग्नता नै छ। साथीहरुले बुझ्नुपर्ने महतवपुर्ण कुरा के हो भने आफ्रनो अधिकारको कुरा गर्दा अरुको चरित्र हत्या गर्ने काम बन्द गर्नु पर्दछ।

अर्को महत्वपुर्ण कुरा यहि विवादलाई आधार बनाएर केहि स्वार्थी व्यक्तिहरुले आईसिसिमा उम्मेदवार हुन चाहानेहरुबाट अमेरिकाको विवाद मिलाउने भन्दै मोटो रकम माग गरेको भन्ने जस्ता कुरा समेत सुनिन आएकोले त्यस्ता व्यक्तिलाई छानवीन गरी कडा कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ। अमेरिका विश्वकै एनसिसिभन्दा सख्यात्मक हिवासले ठुलो रहेर पनि आन्तरिक विवादका कारण आईसिसिमा प्रतिनिधित्व गर्न नसक्नुमा यस्ता आन्तरिक विवाद मुख्य दोष हुन जान्छ। यसकारण पनि हामीले एकता र आन्तरिक एकतालाई बलियो बनाउदै लैजानु जरुरी छ। अन्यथा संस्थामा हामीले चाहाना गरेको उपलब्धि हात नलाग्न सक्दछ।

त्यसैले संस्थालाई संस्थाकै रुपमा निरन्तर गतिशिल बनाउन यस्ता केहि गलत हल्लाको पछाडी नलागी आगामी नयाँ नेतृत्व छान्ने कुरालाई सबै पक्षबाट सहयोगको अपेक्षा व्यक्त गर्दै सस्थालाई सस्थागत बनाउन सबैको उत्तिकै महत्वपुर्ण भुमिका हुने भएकोले सहयोगको अपेक्षा गर्दछु। साथीहरुलाई संस्थाको मुल्य मान्यता र विधि विधान अनुसार काम गर्न र गराउनसमेत यसै विज्ञिप्तिमार्फत अग्रह गर्दछु ।
एसी शेर्पा
क्षेत्रिय उपसंयोजक, अमेरिकाज् क्षेत्र
२६ मार्च, २०१७

यो पनि पढ्नु होस्

वि.सं.२०७३ चैत १४ सोमवार ०६:३१ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...