back
CTIZAN AD

सामसुङ र त्रिविबीच तालिम दिने विषयमा हस्ताक्षर

वि.सं.२०७९ भदौ १४ मंगलवार

696 

shares

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ ।

सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिन विश्वविद्यालयसँग हस्ताक्षर गरेको हो ।

नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुग्ने कम्पनीको अपेक्षा छ । सामसङ इनोभेसन क्याम्पस योजना अन्तर्गत यसलाई हेरिएको छ । जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ । साथै, उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा पनि सुधार गर्नेछ ।

कम्पनीका तर्फबाट सामसङ इलेक्ट्रोनिक्सका क्षेत्रीय अध्यक्ष तथा सिइओ केन काङ र सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका अध्यक्ष तथा प्रमुख वित्तीय अधिकारी एचके पार्कले विश्वविद्यालयका प्राध्यापक तथा डीन डा.शशिधरराम जोशीले समझदारीपत्र आदानप्रदान गरेका थिए ।

कम्पनीका सिइओ केन काङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउनु खुसीको कुरा भएको बताए ।

विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा.जोशीले सामसङ इनोभेसन क्याम्पस योजनाको हिस्सा भएका पाठ्यक्रमहरू इन्स्टिच्युट अफ इन्जिनियरिङमा पढाइने बताए । उनले पाठ्यक्रमहरूको लागि छनोट हुन विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र प्रोग्रामिङको ज्ञान हुनुपर्ने भएका कम्पनीसँग यो सम्झौता गरेको बताए ।

वि.सं.२०७९ भदौ १४ मंगलवार ०९:२२ मा प्रकाशित

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...