back
CTIZAN AD

माओवादी नेतृत्वमा सरकार बनाउने गरी गृहकार्य भइरहेको छ : प्रचण्ड

वि.सं.२०७९ भदौ १७ शुक्रवार

780 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले माओवादी नेतृत्वको सरकार बनाउने गरी गृहकार्य भइरहेको बताएका छन् । अध्यक्ष दाहालले शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले चुनावपछि कर्णालीमा माओवादी नेतृत्वको सरकार बनाउने गरी लागिपरेको बताएका छन् । कर्णालीमा माओवादीको जनाधार बलियो भएकाले पार्टीकै नेतृत्वको सरकार बनाउने गरी सिट बाँडफाँटको गृहकार्य भइरहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले भने,‘कर्णाली माओवादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्र हो । हामी यो पटक चाहन्छौं कि संघमा पनि प्रदेशमा दुबैमा सन्तुलित तरिकाको तालमेल होस् । हाम्रो कर्णालीको प्रभाव र जनमत अनुसार नै तालमेल हुने गरी अघि बढ्ने तयारी भइरहेको छ ।’

अध्यक्ष दाहालले ०७४ मा एमालेसँग तालमेल गर्दा कर्णालीमा केही रुपमा मिस गरेको बताए । ‘आगामी निर्वाचनमा त्यो मिस नहुनेगरि सन्तुलित तालमेल हुन्छ,’ उनले भने, ‘यसो भएको खण्डमा आउने दिनमा माओवादीको सरकार बनाउने स्थिति हुन्छ ।’

अध्यक्ष दाहालले नेकपा एकीकृत समाजवादी पार्टी र माओवादीको एउटै घोषणापत्र बनाउने गरी छलफल चलिरहेको पनि बताए । ‘सायद केही समयभित्रै पार्टी एकता संयोजन समिति बन्दै छ,’ उनले भने,‘ चुनावमा घोषणापत्र एउटै हुने तर्फ हाम्रो प्रयास भइरहेको छ । यद्यपि चुनाव चिन्ह भने आ-आफ्नै हुन्छ ।’

वि.सं.२०७९ भदौ १७ शुक्रवार ११:५७ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...