काठमाडौं । नेकपा एमालेले कैलालीका पूर्वअध्यक्ष र सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई कारबाही गरेको छ ।
एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीद्धारा जारी विज्ञप्तिमा पार्टी विधानको धारा ८१ को उपधारा १ बमोजिम थापासहित उनकी पत्नीसमेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूर्ण साउदलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र अन्तरघात गरेको भन्दै कारबाहीमा परेका अध्यक्ष थापा बिहीबार मात्रै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।
थापा २०७४ को निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
वि.सं.२०७९ भदौ १७ शुक्रवार १२:११ मा प्रकाशित





























