back
CTIZAN AD

टाउकोमा ताकिएको गोली नपड्किएपछि यसरी बच्न सफल भइन् अर्जेन्टिनाकी उपराष्ट्रपति

वि.सं.२०७९ भदौ १७ शुक्रवार

795 

shares

ऐजेन्सी । टाउकोमा ताकिएको गोली संयोगवश नपड्किएपछि अर्जेन्टिनाकी उपराष्ट्रपति बाँचेकी छन् ।

दक्षिण अमेरिकी देश अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डि क्रिच्नरमाथि बिहीबार एक कार्यक्रममा आफ्ना समर्थकहरुसँग भेटघाट गरिरहेका बेला अज्ञात व्यक्तिले कन्चटमै गोली ताकेका छन् । तर उक्त गोली नपड्किएपछि उनी बच्न सफल भएको भिडियो सार्वजनिक भएको छ ।

समाचार ऐजेन्सी रोयटर्सका अनुसार राजधानी ब्युनस आयर्समा रहेको आफ्नै निवासमा समर्थकहरूसँग भेटिरहेकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज बिहीबार आफुमाथि लागेको भ्रष्टाचार मुद्दामा बयान दिएर फर्किएकी थिइन् ।

दुईपटक अर्जेन्टिनाकी राष्ट्रपति भइसकेकी उपराष्ट्रपति क्रिस्टिनाको हत्या प्रयासको घटनालाई लिएर राष्ट्रपतिल एल्बर्टो फर्नान्डिजले निन्दा गरेका छन् ।

त्यो मान्छेले क्रिस्टिनाको टाउकोमा पेस्तोल ताक्यो र ट्रिगर तान्यो । क्रिस्टिना अहिले जिवित छिन् किनभने केही कारणले पेस्तोल पड्किएन’ टेलिभिजन सम्बोधनका क्रममा एल्बर्टोले भनेका छन् ।

उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज माथि गोली ताक्ने ३५ वर्षीय ब्राजिलियन मूलका पुरूषलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७९ भदौ १७ शुक्रवार १२:५९ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...