back
CTIZAN AD

वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलन एक अर्बले न्यून

वि.सं.२०७३ चैत १४ सोमवार

765 

shares

१४ चैत, पर्सा। वीरगन्ज भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । यहाँको नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधन आयातमा कमी आएका कारण राजस्व सङ्कलन घटेको कार्यालय प्रमुख सेवन्त पोखरेलले बताउनुभयो ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएका जिप तथा कारमा नेपाली बैंकले लगानी गर्न नमानेपछि तिनको आयात घटदा सोको असर राजस्व सङ्कलनमा परेको उहाँले जानकारी दिनुभयो ।

कार्यालयले आव २०७३÷७४को फागुन महिनामा रु नौ अर्ब सात करोड २६ लाख ८८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु आठ अर्ब नौ कारोड ८५ लाख ९४ हजार, अर्थात् रु ९७ करोड ४० लाख ९४ हजार राजस्व सङ्कलन न्यून भएको कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।

देशकै प्रमुख भन्सार नाकाका रुपमा रहेको वीरगन्जबाट नेपालका लागि हुने सवारी साधन तथा इन्धन आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको थियो । कुल राजस्वमध्ये ५७ प्रतिशत राजस्व सवारी साधन तथा इन्धन आयातबाट सङ्कलन हुने गरेकोे कार्यालयले जनाएको छ ।

फागुन महिनामा मात्र वीरगन्ज नाका प्रयोग गरी भएका सवारी साधन तथा इन्धन आयातबाट कार्यालयले रु पाँच अर्ब १६ करोड २९ लाख दुई हजार राजस्व सङ्कलन गरेको थियो । सङ्कलित राजस्व कुल राजस्वको ५६.९० प्रतिशत रहेको छ ।

बैंकले लगानी नगर्दा नेपालका लागि आयात गरिएको करिब चार हजार जिप कार सीमावर्ती भारतीय सहर रक्सौलको विभिन्न स्थानमा थन्किएको सम्बद्ध भन्सार एजेन्टको भनाइ छ ।

वि.सं.२०७३ चैत १४ सोमवार ०७:१५ मा प्रकाशित

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

तोलामा दुई हजार आठ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...