
गत महिना निर्वाचित भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले मार्च २६ का दिन शपथग्रहण गरी आफ्नो कार्यभार शुरु गरेको छ । अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख मन कुमारी थापा, डा। अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फबाट प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।
अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्य समितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख मन कुमारी थापा, डा अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फ बाट प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यसअघि गत दुई बर्षको आर्थिक प्रतिबेदन पुस्कर पन्त र अनेसास डिसीले गरेका कार्यहरुको प्रतिबेदन अध्यक्ष रामप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । सविना अर्जेल र पूर्व उपाध्यक्ष भूपनारायण घर्तिमगरले संचालन गर्नुभएको कार्यक्रममा निर्वाचन समितिका तर्फबाट प्रमुख थापाले अध्यक्ष खनाललाई निर्वाचन प्रतिबेदन हस्तान्तरण समेत गर्नुभएको उक्त कार्यक्रममा “अनेसास ईतिहास” पुस्तक सार्वजनिक समेत गरिएको थियो ।
संस्थाका संस्थापक होमनाथ सुबेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरुको घोषणा गर्दै वहाँहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । भर्जिनियाको मनासस शहरमा सम्पन्न उक्त कार्यक्रममा प्रेम सङ्रौला, दुर्गा रिजाल, सुनिता खत्री, रजनी श्रेष्ठ, निलकण्ठ सुबेदी, चेतन सिटौला, नीता श्रेष्ठ लगायतका कवि कवयित्रीका रचना पाथ गरिएका थिए । निर्वाचन समितिका आयुक्त सुजित अर्जेलको स्वागत भासणमा सम्पन्न उक्त कार्यक्रममा अनेसास डिसीका पूर्व अध्यक्ष एबम दुई बर्षका लागि पुन सर्ब सम्मत अध्यक्ष खनालले नेपाली भाषा, साहित्य, गीत संगीत, कला र सँस्कृतिका केही गर्ने हाम्रो अठोटमा यहाँ हरु सबैको साथ र सहयोग जारी रहनेनै छ भन्ने कुरामा हामी पूर्ण बिस्वस्त छौं भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका तर्फ बाट साहित्यकार सीता पाण्डेलाई सम्मान गर्नुभयो भने समीक्ष्या सापकोटालाई प्रशँशा पत्र प्रदान गर्नुभएको थियो ।
वि.सं.२०७३ चैत १४ सोमवार ०७:०३ मा प्रकाशित