back

अनेसास डिसी मेट्रो कमिटी नयाँकार्य समितिद्वारा सपथ ग्रहण

वि.सं.२०७३ चैत १४ सोमवार

690 

shares

anasas-dc-chapter-2073-1गत महिना निर्वाचित भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) वाशिङ्टन डिसी मेट्रो कमिटीको नयाँ कार्य समितिले मार्च २६ का दिन शपथग्रहण गरी आफ्नो कार्यभार शुरु गरेको छ । अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख मन कुमारी थापा, डा। अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फबाट प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।

अध्यक्ष रामप्रसाद खनाल सहित निर्बिरोध र सर्ब सम्मत कार्य समितिका पदाधिकारी एबम सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख मन कुमारी थापा, डा अनिल सुवाल र सुजित अर्जेलले सपथ गराउनुको साथै निर्बाचितहरुलाई निर्वाचन समितिका तर्फ बाट प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । यसअघि गत दुई बर्षको आर्थिक प्रतिबेदन पुस्कर पन्त र अनेसास डिसीले गरेका कार्यहरुको प्रतिबेदन अध्यक्ष रामप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो । सविना अर्जेल र पूर्व उपाध्यक्ष भूपनारायण घर्तिमगरले संचालन गर्नुभएको कार्यक्रममा निर्वाचन समितिका तर्फबाट प्रमुख थापाले अध्यक्ष खनाललाई निर्वाचन प्रतिबेदन हस्तान्तरण समेत गर्नुभएको उक्त कार्यक्रममा “अनेसास ईतिहास” पुस्तक सार्वजनिक समेत गरिएको थियो ।

anasas-dc-chapter-2073-2

संस्थाका संस्थापक होमनाथ सुबेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकारहरुको घोषणा गर्दै वहाँहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । भर्जिनियाको मनासस शहरमा सम्पन्न उक्त कार्यक्रममा प्रेम सङ्रौला, दुर्गा रिजाल, सुनिता खत्री, रजनी श्रेष्ठ, निलकण्ठ सुबेदी, चेतन सिटौला, नीता श्रेष्ठ लगायतका कवि कवयित्रीका रचना पाथ गरिएका थिए । निर्वाचन समितिका आयुक्त सुजित अर्जेलको स्वागत भासणमा सम्पन्न उक्त कार्यक्रममा अनेसास डिसीका पूर्व अध्यक्ष एबम दुई बर्षका लागि पुन सर्ब सम्मत अध्यक्ष खनालले नेपाली भाषा, साहित्य, गीत संगीत, कला र सँस्कृतिका केही गर्ने हाम्रो अठोटमा यहाँ हरु सबैको साथ र सहयोग जारी रहनेनै छ भन्ने कुरामा हामी पूर्ण बिस्वस्त छौं भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाका तर्फ बाट साहित्यकार सीता पाण्डेलाई सम्मान गर्नुभयो भने समीक्ष्या सापकोटालाई प्रशँशा पत्र प्रदान गर्नुभएको थियो ।

वि.सं.२०७३ चैत १४ सोमवार ०७:०३ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...