back
CTIZAN AD

जनज्योति मा.विको भूकम्प प्रतिरोधी ४ कोठे भवन समुद्घाटन सम्पन्न

वि.सं.२०७९ भदौ १८ शनिवार

768 

shares

देवचुली । देवचुली नगरपालिका १५ प्रगतिनगरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा भूकम्प प्रतिरोधी ४ कोठे भवन समूद्घाटन गरिएको छ ।

शुक्रबार गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका सचिव ई. गणेश राज वस्तीको प्रमुख आतिथ्यतामा भवनको समुद्घाटन गरिएको हो ।

नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण, केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) नवलपरासीद्वारा आर्थिक बर्ष २०७६/०७७ को पहिलो चरणमा निर्मित भूकम्प प्रतिरोधी चारकोठे विदालयको भवन समूद्घाटन गरिएको छ ।

चारकोठे भवन समुद्घाटन समारोहमा बोल्दै वस्तीले हरेक विद्यालयमा भौतिक सुविधा महत्वपूर्ण रहेकाले यसको व्यवस्थापनका लागि सबै लाग्न सके विद्यार्थीहरुको पठन–पाठनले सार्थकता पाउने बताए । उनले समाजमा परिवर्तन ल्याउन विद्यालयको ठूलो भूमिका रहने हुँदा विद्यालयको भौतिक पूर्वाधारका लागि सबैले सकारात्मक तरिकाले सोच्नुपर्ने बताए । आँफू यसै विद्यालयको पूर्व विद्यार्थी भएका कारण पनि आफ्नो पक्षबाट सक्दो सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताए ।

कार्यक्रममा सम्पूर्ण विद्यालयको तर्फबाट कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम कोइराला, सम्पूर्ण विद्यालय/क्याम्पस व्यवस्थापन समितिको तर्फबाट जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दयाराज तिवारी, जनज्योति मा.विका पूर्व प्रधानाध्यापक जिवन अधिकारी, विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष नरभूपाल भुसाल, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष मोतिलाल रिजाल, नव प्रगति युवा क्लबका अध्यक्ष सुरजकान्त सुवेदी, धौलागिरी आमा समूहका अधयक्ष रिता आचार्य, देवुचुली १५ का वडाध्यक्ष सुरेशकुमार रानाभाट लगायतले भविष्यमा विद्यालयको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

चार कोठे भवन निर्माण संयोजक राजु श्रेष्ठले ६७ लाख ६२ हजार ९८ लागतमा भवन निर्माण कार्य सम्पन्न भएको जानकारी गराए ।

जनज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालको अध्यक्षता रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका सचिव ई. गणेश राज वस्तीको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक मीन बहादुर दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विद्यालयका शिक्षक होमनाथ न्यौपानेले सहजीकरण गरेका थिगए ।

चारकोठे भवनको २०७६ साल फाल्गुन २८ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वारा शिलान्यास गरिएको थियो ।

वि.सं.२०७९ भदौ १८ शनिवार १०:१८ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...